मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

नरैनापुरको मियापूर्वामा धार्मिक मेला सुरु

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
मन्त्री नमूना र गाँउपालिका अध्यक्ष शाहले गरे मेलाको उदघाटन
२० माघ २०७९, शुक्रबार

नरैनापुर । बाँकेको नरैनापुरको मियापुर्वामा रहेको मुस्लिमहरुको प्रसिद्ध धार्मिक स्थल आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा प्रत्येक वर्ष झै यस वर्षपनि उर्श(धार्मिक मेला) सुरु भएको छ । 

प्रत्येक बर्ष माघ महिनामा मजार विकास समितिले प्रसिद्ध बाबा आस्तान ए हजरत खलीफा नूर अहमद शाहकोे उर्स धुमधामको साथ मनाउदै आएको छ । माघ २० गतेदेखि सुरु भएको उर्समा नेपाल सहित छिमेकी मुलुक भारतका लाखौ धार्मिक श्रद्धालु( जाईरीन)हरुको सहभागिता रहेको छ । 

त्यसैगरी, उर्सको अवसरमा रातिको समयमा जलसा(धार्मिक प्रवचन) हुदै आएको छ भने भाकल गरेकाहरुले दैनिक रुपमा बाबाको मजारमा फतिहा, नियाज, तथा धार्मिक क्रियाकलाप गर्ने गरेका छन् ।

बाँकेको नेपालगंज देखि करिव ४७ किलो मिटर पुर्वमा अवस्थित नरैनापुर गाँउपालिका–२ स्थित आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा लागेको उर्से पाक औलया–ऐ केरामको पहिलो दिन शुक्रवार लुम्बिनी प्रदेशकि मन्त्री कृष्ण केसी नमूना र नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले संयुक्त रुपमा बाबाको मजारमा चादर चढाउँदै उर्सको उदघाटन गर्नु भएको डा.वकार शाहले जानकारी दिनु भयो । 

मन्त्री नमूनाले माजार शरीफलाई धार्मिक स्थलको रुपमा विकास गर्नुपर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

मजारलाई व्यस्थित बनाएको खण्डमा बाँकेको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउदै मन्त्री नमूनाले मजार शरीफमा खानेपानी, शौचालय, तथा धर्मशलाको काम प्रदेश सरकारबाट गराउने उदघोष गर्नु भएको थियो ।

नरैनापुर गाँउपालिकाका अध्यक्ष एंव मेलाका संरक्षक इस्तियाक अहमद शाहले मजार शरीफ नेपालकै धार्मिक पर्यटकीय क्षेत्र मध्येका एक रहेको बताउदै उहाँले मजार शरीफको विकास संघीय, प्रदेश र स्थानीय तीनै तहको सरकारले लगानी गर्नुपर्ने बताउनु भएको थियो ।

नरैनापुर १ का अध्यक्ष इसाक जोलाहले भन्नुभयो,‘ आस्तान ए हजरत खलीफा नूर अहमद शाह मजार बाँकेवासी वा प्रदेशवासीको मात्रै होईन । यो सम्पूर्ण नेपालवासीको गौरव हो । त्यसकारण यसको संरक्षण र प्रबद्र्धन गर्न सकेको खण्डमा मुलुकको आर्थिक तथा पर्यटन विकासमा ठूलो टेवा पुग्छ ।’ उर्समा सहभागी भएका मन्त्री नमूना, तथा राजनीतिकर्मीहरुलाई मजार विकास समितिका पदाधिकारीहरुले स्वागत गरेका थिए । उर्सलाई भव्य बनाउन नेपाल तथा भारतका प्रसिद्ध धार्मिक गुरुहरुलाई प्रवचनको लागि आमन्त्रण गरिएको मजार विकास समितिका संरक्षक रिजवान अहमद शाहले बताउनु भयो ।

उर्समा सहभागी भएका श्रद्धालुहरुको खानेपानी, आवास तथा स्वास्थ्य उपचारको लागि विभिन्न शिविरहरु सञ्चालन गरिएको समितिका सदस्य गुफरान अहमद शाहले बताउनु भयो । सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र करिव दुई सय स्वयमसेवक परिचालन गरिएको रोज अलि जोलाहले जानकारी दिनुभयो । सांस्कृतिक, धार्मिक तथा सामाजिक सदभाव कायम राख्नका लागि यो उर्सको महत्वपूर्ण योगदान रहेको स्थानीयहरु बताउँछन् । मेला नरैनापुर २ का अध्यक्ष एंव मेलाका संरक्षक मसूद अहमद शाह, अध्यक्षका स्वकीय सचिव बृजेन्द्र यादव लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार