मुख्य समाचार
जात र धर्मको राजनिति छोडेर एमालेको एजेण्डमा लाग्न कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशन | न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री | नेपालको शिक्षा र आर्थिक विकासमा रसिया सरकारको सहयोग महत्वपूर्ण : उपप्रधानमन्त्री श्रेष्ठ | संघीय संसद्का दुवै सदनको बैठक स्थगित | न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पुन: खड्का | मुस्लिम युवाहरुले गरे बाँकेका हज यात्रीहरुको बिदाई | जसपामा सनाखत गरेकाहरुको पद धरापमा | बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ | क्षेत्रीय सभापति केसीको घरमा कांग्रेसको श्रद्धाञ्जली सभा | बाँकेमा १२ करोडको लगानीमा अत्याधुनिक कागज उद्योग संचालनमा |

प्रधानन्यायाधीश जबरा बिरुद्ध संसदमा महाअभियोग दर्ता

महमूद आलम खान 1129+ समाचार ( )
आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
१ फाल्गुन २०७८, आइतबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले महाअभियोग प्रस्तावमा हस्ताक्षर गरेका छन् । महाभियोग प्रस्तावमा प्रधानन्यायाधीशले न्यायपालिकाको मर्यादामा आँच पुर्याएको, व्यक्तिगत स्वार्थमा लागिपरेको आरोप उल्लेख गरिएको छ ।

नेपाल बार एशोसिएसनले जबराको राजीनामा माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि लामो समय इजलास बहिस्कार गरेका थिए ।

सर्वोच्च अदालतको नियमावली संशोधन गरेर गोला प्रक्रियाबाट पेशी तोक्न थालेपछि न्यायाधीशहरु बेञ्चमा फर्किएका छन् । तर प्रधानन्यायाधीश जबराले अझैसम्म मुद्दा हेरेका छैनन् । जबराले राजीनामा नदिएपछि बारले महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षणसमेत गराएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार