मुख्य समाचार
बाँके–३ का लागि ‘टुरिष्ट सांसद’ सुनारको भिजन: बजेटमा ठूला योजना आउँदै | बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरणका लागि सार्वजनिक–निजी साझेदारी कार्यशाला | पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग |

नरैनापुरमा हात्तीपाइलेको जिवाणु परिक्षण

यूथ टुडे समाचारदाता 3335+ समाचार ( )
नरैनापुरमा पोजेटिभ केस फेला नपरेको संयोजक शाहको भनाई
२१ पौष २०८०, शनिबार

नरैनापुर २१ पुस ः बाँकेको नरैनापुर गाँउपालिका वडा नं ४ खोदवा गाँउमा शनिबार ३०२ जनाको  हात्तीपाइले रोगको जिवाणु परिक्षण गरिएको थियो ।  । तीन सय दुई जनामा गरिएको ¥यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी)मा नरैनापुरमा हात्तीपाइले रोगको जिवाणु (माइक्रोफाइलेरिया) फेला नपरेको नरैनापुर गाँउपालिकाका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिनुभयो ।

राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि इपिडिमियोलोजिकल मनिटरिङ सर्भेका क्रममा शनिबार खोदवामा आरडिटी जाँच गरिएको थियो । 

नरैनापुरमा पोजेटिभ नदेखिएकोले औषधि सेवन गर्नुपर्ने अवस्था नभए पनि डुडुवा गाँउपालिका र नेपालगंज उपमहानगरपालिकामा यदि पोजेटिभ केस फेला परेको खण्डमा दुई वर्ष थप तिन वटै पालिकाका नागरिकले औषधी सेवन गर्नु पर्ने संयोजक शाहले बताउनु भयो । 

हात्तीपाइले विरुद्धको औषधि सेवनमा नागरिकको बेवास्ता, लगातार औषधि नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तररूपमा अभियान चलाइराख्नु परेको हो । स्वास्थ्य कार्यालयले अहिले पालिका स्तरमा स्वास्थ्यकर्मी परिचालन गरी हात्तीपाइले रोगको जिवाणु परिक्षण सुरु गरेको छ ।  

यसैगरी बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ रझेनामा तीन सय जनामा गरिएको ¥यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी)मा ४८ जनामा हात्तीपाइले रोगको जिवाणु (माइक्रोफाइलेरिया) फेला परे पछि आरडिटी पोजेटिभ देखिएका ४८ जनाको पुनः माइक्रोस्कोपिङ जाँच गरिएको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिनुभयो । 

आरडिटी जाँचमा शरीरभित्र मरेका जिवाणु भएपनि पोजेटिभ देखिने भएकाले एकिन गर्न रात्रीकालीन माइक्रोस्कोपिङ जाँचका लागि रक्त नमुना संकलनको गरिएको उहाँको भनाइ छ ।

विश्वका धेरै देशमा अभियान सफल भएर हात्तीपाइले निवारण भइसके पनि नेपालमा भने यो समस्याले केही सकस बनाएको छ । हात्तीपाइले आफूले मात्र औषधि खाएर जोखिमबाट पूर्णरूपमा बच्न सकिँदैन । अरु कसैलाई हात्तीपाइले छ र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तीपाइले हुनसक्ने स्वास्थ्यकर्मी बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार