मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |

नरैनापुरमा हात्तीपाइलेको जिवाणु परिक्षण

यूथ टुडे समाचारदाता 2657+ समाचार ( )
नरैनापुरमा पोजेटिभ केस फेला नपरेको संयोजक शाहको भनाई
२४ पौष २०८०, शनिबार

नरैनापुर २१ पुस ः बाँकेको नरैनापुर गाँउपालिका वडा नं ४ खोदवा गाँउमा शनिबार ३०२ जनाको  हात्तीपाइले रोगको जिवाणु परिक्षण गरिएको थियो ।  । तीन सय दुई जनामा गरिएको ¥यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी)मा नरैनापुरमा हात्तीपाइले रोगको जिवाणु (माइक्रोफाइलेरिया) फेला नपरेको नरैनापुर गाँउपालिकाका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिनुभयो ।

राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि इपिडिमियोलोजिकल मनिटरिङ सर्भेका क्रममा शनिबार खोदवामा आरडिटी जाँच गरिएको थियो । 

नरैनापुरमा पोजेटिभ नदेखिएकोले औषधि सेवन गर्नुपर्ने अवस्था नभए पनि डुडुवा गाँउपालिका र नेपालगंज उपमहानगरपालिकामा यदि पोजेटिभ केस फेला परेको खण्डमा दुई वर्ष थप तिन वटै पालिकाका नागरिकले औषधी सेवन गर्नु पर्ने संयोजक शाहले बताउनु भयो । 

हात्तीपाइले विरुद्धको औषधि सेवनमा नागरिकको बेवास्ता, लगातार औषधि नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तररूपमा अभियान चलाइराख्नु परेको हो । स्वास्थ्य कार्यालयले अहिले पालिका स्तरमा स्वास्थ्यकर्मी परिचालन गरी हात्तीपाइले रोगको जिवाणु परिक्षण सुरु गरेको छ ।  

यसैगरी बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ रझेनामा तीन सय जनामा गरिएको ¥यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी)मा ४८ जनामा हात्तीपाइले रोगको जिवाणु (माइक्रोफाइलेरिया) फेला परे पछि आरडिटी पोजेटिभ देखिएका ४८ जनाको पुनः माइक्रोस्कोपिङ जाँच गरिएको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिनुभयो । 

आरडिटी जाँचमा शरीरभित्र मरेका जिवाणु भएपनि पोजेटिभ देखिने भएकाले एकिन गर्न रात्रीकालीन माइक्रोस्कोपिङ जाँचका लागि रक्त नमुना संकलनको गरिएको उहाँको भनाइ छ ।

विश्वका धेरै देशमा अभियान सफल भएर हात्तीपाइले निवारण भइसके पनि नेपालमा भने यो समस्याले केही सकस बनाएको छ । हात्तीपाइले आफूले मात्र औषधि खाएर जोखिमबाट पूर्णरूपमा बच्न सकिँदैन । अरु कसैलाई हात्तीपाइले छ र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तीपाइले हुनसक्ने स्वास्थ्यकर्मी बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार