मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

बर्दियाको बढैयातालमा किशोर–मैत्री स्वास्थ्य सेवामा ऐतिहासिक कदम

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
४ पौष २०८२, शुक्रबार

नेपालगन्ज । “स्वस्थ किशोर–किशोरी, समृद्ध भविष्य” भन्ने नारालाई आत्मसात गर्दै बर्दियाको बढैयाताल गाउँपालिकाले किशोर स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । 

बाँके युनेस्को क्लबको सहयोग तथा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बढैयाताल गाउँपालिकाको वडा नम्बर ७ र ८ मा किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा नम्बर ७, तिलकनास्थित आधारभूत स्वास्थ्य केन्द्रलाई किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । वडा नम्बर ७ का वडा अध्यक्ष राधेश्याम थारुको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रदेशसभा सदस्य कबिराम थारु प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

सो कार्यक्रममा किशोर–किशोरी, युवा, स्वास्थ्यकर्मी, नागरिक समाजका प्रतिनिधि, विद्यार्थी, प्रधानाध्यापक, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, सामुदायिक सहजकर्ता, स्थानीय सरकारका प्रतिनिधि तथा सञ्चारकर्मी गरी २५४ जनाको सहभागिता रहेको थियो ।

सो अवसरमा बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द प्रसाद लामिछानेले आधारभूत स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको सहयोग, किशोर तथा युवामैत्री कार्यक्रमहरू र भविष्यमा यसको दिगोपनाबारे प्रकाश पार्नुभयो । 

कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष राधेश्याम थारुले आफ्नो वडा किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा गर्ने गाउँपालिकाकै पहिलो वडा बन्न सफल भएकोमा गर्व व्यक्त गर्दै आगामी दिनमा किशोर–किशोरी र युवाको स्वास्थ्य आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिने प्रतिबद्धता जनाउनुभयो ।

सोही प्रकारले बढैयाताल गाउँपालिका वडा नम्बर ८ स्थित कालिका स्वास्थ्य चौकीलाई पनि किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । वडा अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द प्रसाद लामिछानेले किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा प्रक्रियामा क्लबले खेलेको भूमिका, समुदायस्तरमा गरिएको जनचेतनामूलक गतिविधि र सरोकारवालाबीचको समन्वयबारे जानकारी गराउनुभयो । सो कार्यक्रममा २५६ जनाको सहभागिता रहेको थियो ।

समापन मन्तव्यमा वडा अध्यक्ष पौडेलले किशोर–किशोरी नै समाजका भावी आधारस्तम्भ भएको उल्लेख गर्दै अभिभावकको भूमिकाको महत्त्वमा जोड दिनुभयो । उहाँले यस घोषणाले किशोर–सम्बन्धी समस्याहरू सम्बोधन गर्न बलियो आधार तयार भएको बताउँदै यस सेवाको निरन्तरता र सुदृढीकरणका लागि वडा कार्यालयले चालु आर्थिक वर्षमा बजेट समेत विनियोजन गरिएको जानकारी दिनुभयो ।

दुवै कार्यक्रम युवासञ्जालकी अध्यक्ष हिमा देवी खड्काले सञ्चालन गर्नुभएको थियो भने बाँके युनेस्को क्लबका परियोजना अधिकृत विजय शर्मा र फिल्ड सुपरभाइजर रामबहादुर थारुले सहकार्य गर्नुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार