मुख्य समाचार
बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरणका लागि सार्वजनिक–निजी साझेदारी कार्यशाला | पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला |

दुबईमा समस्यामा परेका श्रमिकको NRMA द्धारा उद्धार

यूथ टुडे समाचारदाता 3334+ समाचार ( )
११ फाल्गुन २०८०, शुक्रबार

युएई, दुबई । वैदेशिक रोजगारीको शिलशिलामा युएई दुबईमा समस्यामा परेका श्रमिकको स-कुशल स्वदेश पठाउन सफल भएका छन । 

विगत २ महिना देखि कार्यगत युएईका एक प्रतिष्ठित कम्पनीमा मधेश प्रदेश महोत्तरी जिल्ला मनरा शिसवा नगरपालिका वाड न.- ७ बस्ने चन्दन कुमार कुशवाहा समस्या परेका थिए ।

गैर आवासीय मधेशी संघ द्वारा संचालित NRMA हेल्पडेस्क जनकपुरधाम बाट जानकारी गराउन लगत्तै गैर आवासीय मधेशी संघ युएई उद्धार समितिको पहलमा उद्धार भएको हो ।

कामदारको कम्पनी र नेपाली दुतावास संग समन्वय गरि लामो समय निरन्तर प्रयासरत आज २०८० फाल्गुन १० गते बिहिवार फ्लाई दुबई एयरलाइंसको फ्लाइट बाट स्वदेश पठाउन सफल भएको जानकारी प्राप्त भएको छ ।

यस उद्धार कार्यमा गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रीय समिति उपाध्यक्ष एवं युएई समितिका सह-अध्यक्ष सदाम अंसारीले अहम भुमिका निर्वाह गरेका छन भने अन्तर्राष्ट्रीय समिति सदस्य एवं युएई समिति उपाध्यक्ष रामचरन यादव सहयोग गरेका छन ।

श्रमिक लाई उद्धार गर्दै युएईमा गैर आवासीय मधेशी संघ एउटा सशक्त, संगठित र प्रभावकारी संगठनको रूपमा देखिएको बताए । संगठनले आगामी दिनमा विदेश देखि स्वदेश सम्म आमूल सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनका साथ अगाड़ी बढने प्रतिक्रिया दिएका छन ।

एनआरएमएले प्रवासमा रहेको श्रमिकहरुलाई एउटा छाता संगठनभित्र एकबद्ध गर्दै हरेक किसिमको सहयोग उपलब्ध गराउदै आई रहेको छ । आर्थिक सहयोग देखि लिएर रोजगार सम्बन्धी समस्या, बिदेशी क़ानूनी समस्या आदिमा समेत संगठनले सहयोग जारी राखेको छ। यसका साथै बिदेशी भूमिमा दुर्घटनामा परेका, जेल परेका, मृत्यु भएका समस्यामा समेत एनआरएमएले समस्या समाधानका लागि सक्रिय पहल गर्दै आएको छ ।

गैर आवासीय मधेसी संघ ४४ वटा देशमा फैलिएको छ भने यस संगठनमा २ लाख भन्दा बढ़ी सदस्य रहेका छन्। मलेसिया, कतार, युएई , साउदी अरब, कुवैत, भारत र मध्यपूर्वका देशहरुमा NRMA का सदस्यहरुको बाक्लो उपस्थिति रहेका थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार