मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

कण्ठपुरमा निःशुल्क स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न, ५८० बिरामी लाभान्वित

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
१६ पौष २०८२, बुधवार

बाँके । श्री विद्या ज्योति नमुना माध्यमिक विद्यालय, कण्ठपुर तथा विद्याज्योति मावि पूर्व विद्यार्थी समाज (VJ Alumni) को संयुक्त आयोजनामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएको छ । समुदायको स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविरबाट ५८० जना बिरामीले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । 

शिविर सफल बनाउन आफ्नो अमूल्य समय दिई सेवा प्रदान गर्नुहुने छाला तथा यौन रोग विशेषज्ञ (Chief Consultant Dermatologist) डा. बद्री चापागाईं, स्त्रीरोग विशेषज्ञ (Consultant Gynecologist) डा. नवीन बुढाथोकी, नशा तथा हाड–जोर्नी रोग विशेषज्ञ (Consultant Orthopedist) डा. लक्ष्मण सिग्देल, मेडिसिन विभागका (Consultant Physician) डा. उमेश ढुङ्गाना, मेडिकल अफिसर डा. पुरुषोत्तम वर्मा तथा डा. रुद्र चौहानप्रति आयोजकले विशेष आभार व्यक्त गरेका छन् । 

त्यसैगरी शिविर व्यवस्थापन तथा सेवामा सक्रिय योगदान पुर्‍याउनु हुने भक्ति, खेम, पुष्प  कृष्ण, फार्मेसी अफिसर पदम , झलक, प्रभि सुवेदी (नर्सिङ),  अश्विनी गुरुङ (नर्सिङ), पुपेन्द्र शाही (हेल्थ असिस्टेन्ट), प्रयोगशाला तर्फ सुस्मा ढकाल, निशा खड्का, कविराज जैसीलगायत सम्पूर्ण सहयोगीप्रति पनि धन्यवाद व्यक्त गरिएको छ । औषधि तथा सहयोग उपलब्ध गराउने फार्मास्युटिकल कम्पनीहरूका प्रतिनिधि माधव, विनोद , राम, बढुवाल जीलगायत सबै सहयोगदातालाई पनि आयोजकले आभार प्रकट गरेका छन् । 

कार्यक्रमको सफलताका लागि विद्याज्योति मावि पूर्व विद्यार्थी समाजका पदाधिकारी तथा सम्पूर्ण सदस्यहरूको सामूहिक प्रयास महत्वपूर्ण रहेको अध्यक्ष पुण्यप्रसाद ढकाल (प्रसिद्ध) ले बताउनुभयो । उहाँले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबै हातप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

समुदायको स्वास्थ्य सचेतना र सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याएको उक्त निःशुल्क स्वास्थ्य शिविरले स्थानीयवासीबाट व्यापक प्रशंसा पाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार