मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |

मुर्रा राँगा नेपाल आइपुग्न दुई महिना लाग्ने

यूथ टुडे समाचारदाता 2657+ समाचार ( )
नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएको मुर्रा जातको राँगाको प्राविधिक टोली भारत गएर अध्ययन गरिसकेपछि मात्र ल्याइने छ ।
२९ जेठ २०८०, शुक्रबार

ललितपुर । भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ । तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालको भनाइ छ ।

नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएको मुर्रा जातको राँगाको प्राविधिक टोली भारत गएर अध्ययन गरिसकेपछि मात्र ल्याइने छ ।

नेपाल ल्याएपछि राँगालाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगञ्ज र लहान)मा व्यवस्थापन गरी वीर्य उत्पादन गरिनेछ ।

सूचना अधिकारी ढकालका अनुसार मुर्रा राँगाका लागि विशेष प्रकारको गोठ र उनीहरूको शारीरिक बनावटको आधारमा दानापानी व्यवस्थापनका लागि पशु विज्ञ खटिने छन् ।

ढकालले भने,’स्थानीयस्तरबाट आएको जानकारीअनुसार मुर्रा भैँसीको मूल्य रु २० देखि २२ लाखसम्म पर्छ । स्थानीय भैँसीले एक बेतमा एक हजार लिटर जति दूध दिन सक्छन् भने मुर्रा राँगाबाट नश्ल सुधार भए दूध उत्पादनमा तीन गुणाले बढाउन सकिन्छ ।’

उन्नत नश्लका मुर्रा राँगाबाट वीर्य सङ्कलन गरी देशभरिका किसानका गोठमा पुर्याइ भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधार गरिनेछ ।

भैँसीपालन पेसाबाट किसानपछि हट्दै गएको अवस्थामा आउने दिनमा भैँसीको नश्ल सुधारको कारण किसानलाई फाइदा पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार