मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

बहुविवाह गरेको आरोपमा बाँकेमा एक जना मौलाना प्रहरीको नियन्त्रणमा

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
२४ श्रावण २०८१, बिहीबार

बाँके । बाँके खजुरा गाउँपालिकास्थित एउटा मस्जिदमा अध्यापन गराईरहेका एक मौलानाले आफ्नै नाबालक छात्रासँग बहुविवाह गरेको घटनामा प्रहरीले कारवाही प्रक्रिया शुरु गरेको छ ।

खजुरा गाउँपालिका वडा नं.८ चमकदारपुर स्थित रहेको बिलाली मस्जिदमा छात्र छात्रालाई उर्दु र अरबी अध्यापन गराउने मौलाना अतीक अहमद खाँ एक वर्षअघि आफ्नै १४ वर्षीया छात्रालाई लिएर भारतमा लुकीछिपी बस्दै आएका थिए ।

मौलाना विरुद्ध उनकै श्रीमती मन्तसा खातुनले बहुविवाह र बालविवाह सम्बन्धी कसुरमा उजुरी दिएपछि ईलाका प्रहरी कार्यालय धनौलीले मौलानालाई पक्राउ गरेको हो । मौलानाको २ वटा बच्चा रहेको र हाल आफ्नै छात्राबाट समेत एउटा बच्चा जन्मिएको छ ।

हामीले एकवर्षदेखि खोजतलाश गरिरहेका थियौं, मौलानाकी श्रीमती खातुनले भनिन्, उनले विवाह गरेको छात्राको उमेर अहिले १६ वर्ष पनि पुगेको छैन । उसको एउटा बच्चा समेत जन्मिएको छ, उनले भनिन, अब हामीहरुलाई न्याय मिल्नु पर्छ ।

यसअघि मैले मौलानाको धेरै यातना सहें, उनको कुटपीटका कारण मेरो एउटा कानको जाली समेत फुटेको छ, खातुनले भनिन्, अब कडा कारवाही हुनुपर्छ ।

मौलानाविरुद्ध उनकै श्रीमतीले बहुविवाह र बालविवाह सम्बन्धी कसुरमा उजुरी दिएपछि बाँके जिल्ला अदालतबाट ५ दिनको म्याद थपगरि अनुसन्धान प्रक्रिया अघि बढाइएको ईलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार