मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

उदयपुरमा युवायुवती मृत फेला

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
४ असार २०८२, बुधवार

गाईघाट । उदयपुरको चौदण्डीगढी नगरपालिका– ४ अमलचौरीमा दुई युवायुवती मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार स्थानीय अन्दाजी १४ वर्षीया मन्जु राई र अन्दाजी २८ वर्षीय रविन्द्र राईको शव फेला परेको हो । मन्जुको शव बाटो छेउमा लडिरहेको अवस्थामा भेटिएको थियो भने रविन्द्रको झुण्डिएको अवस्थामा भेटिएको हो ।

इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बविन राईका अनुसार अहिले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको छ । घटना के कति कारणले भयो भन्ने खुल्न नसकेको उहाँको भनाइ छ ।

मृतक मन्जु स्थानीय चौदण्डीगढी–२ स्थित सिंहदेवी माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रहेको र रविन्द्र केही दिन अघि मात्र काठमाडौँबाट घर आएको बताइएको छ । मन्जु र रविन्द्र छिमेकी हुन् ।

स्थानीयले बुधबार बिहानै बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थल पुगेको प्रहरीले खोजतलास गर्दा दुई सय मिटर नजिक रविन्द्रको शव झुण्डिएको अवस्थामा फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी केदारमान दोङले दुई जनाको शव फेला परेको र इलाका प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गरी शव उठाउनका लागि कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक दोङका अनुसार प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार