मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

‘नरैनापुरको सबै विकास जसपा नेपालले गरेको हो’ अध्यक्ष यादव

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक रहेको उपेन्द्र यादवको भनाई
१८ पौष २०८१, बिहीबार

बाँके । जनता समाजबादी पार्टी नेपालका अध्यक्ष एंव पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको बताउनु भएको छ । 

जसपा नेपाल नरैनापुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका अध्यक्ष यादवले नरैनापुरको विकास जसपा नेपालकै नेतृत्वमा भएको दाबी गर्दै उहाँले नरैनापुरको शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सिंचाई सबै प्रकारको विकासका लागि आफनो गम्भीर भएर लागेको जिकिर गर्नु भयो ।

उहाँले भन्नुभयो,‘हामी क्रान्तिकारी हौं, क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुस गर्नु मात्र होइन, अब जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक छ । कम्युनिष्ट र काग्रेशका नेताहरुले विकास निर्माणमा नभई संविधानका धाराको राजनीतिमा जनतालाई अलमल्याउने काम गरे तर जसपा नेपाल त्यस्तो गर्दैन् । मान्छेलाई अधिकारसहित सम्पन्न बनाउन उत्पादन र उद्यमशीलतालाई हामीले महत्व दिएका छौँ । जसपा नेपालले समृद्धि र सुशासनका लागि काम गर्नेछ भन्नेमा ढुक्क हुनुहोस् ।,’ अध्यक्ष यादवले ‘गणतन्त्र र संघीयताको रुपमा प्राप्त भएका उपलब्धीलाई संथागत गर्न सकिएन भने २००७ सालमा भएको परिवर्तन २०१७ सालमा गुमेजस्तै नहोला भन्न सकिंंदैन । त्यसैले उपलब्धिलाई संस्थागत गर्न बिशेष ध्यान दिनु आवश्यक छ ।’

जसपा नेपाल नरैनापुरले आयोजना गरेको कार्यकर्ता भेटघाटमा जसपा नेपालका सचिव कमरुद्दीन राई, केन्द्रीय सदस्य शैयद इश्तियाक अहमद शाह, अम्बिका काफ्ले, बेबी तबसुम अन्सारी, प्रदेश उपाध्यक्ष बाबु खान पठान, प्रदेश महासचिव राजनराना मगर,जिल्ला अध्यक्ष कौशल धोबी, प्रदेश सदस्य जयन्तीदेबी श्रीवास्तव नरैनापुर २ का वडा अध्यक्ष मसूद अहमद शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार