मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

नरैनापुरमा बैशाख १ गते देखि बिद्यार्थी भर्ना अभियान संचालन गरिने

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
नामका लागि मात्र दर्ता रहेका मदरसाहरुलाई खारेज गरिने अध्यक्ष शाहको भनाई
२८ चैत्र २०७९, मङ्गलबार

नरैनापुर । ‘समयमै भर्ना, समयमै ज्ञान; गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ शुक्रबारदेखि बाँकेको नरैनापुर गाँउपालिकाको छ वटै वडामा एकैसाथ विद्यार्थी भर्ना अभियान शुरु हुने भएको छ ।

नरैनापुर गाँउपालिकाको शिक्षा शाखा मार्फत विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने उद्देश्यका साथ विद्यार्थी भर्ना अभियान शुरु गर्न लागिएको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो ।

मंगलबार शिक्षा समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष शाहले विद्यालय भर्ना अभियानमा विद्यार्थीहरुको सहभागिता उत्साहजनक भए पनि असार नलाग्दै पुनः विद्यालय भन्दा बाहिर जाने गरेकोले विद्यार्थीहरुलाई टिकाउने गरी योजना बनाएर अगाडि बढन शिक्षा समितिलाई निर्देशन दिनु भएको थियो । अध्यक्ष शाहले नामका लागि मात्र दर्ता रहेका मदरसाहरुलाई खारेज गर्ने बताउनु भयो । 

नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जुन सुकै बहानामा विद्यार्थीहरु बिचमै बिद्यालय छोड्नु राम्रो होईन । यसका लागि सम्बन्धीत बिद्यालय र अभिभावकलाई गम्भीर बन्न सुझाव दिनु भएको थियो । उहाँले विद्यार्थी टिकाउन र गुणस्तरीय शिक्षा दिन नसक्ने विद्यालयलाई कारवाही गर्ने जिकिर गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार