मुख्य समाचार
नरैनापुर गाउँपालिका बाँकेको सार्वजनिक सुनुवाई सम्पन्न | फाजिल कर्मचारीको व्यवस्थापनपछि रिक्त पदमा लोक सेवामार्फत स्थायी पदपूर्ति गरिने | साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको भीड | हप्तामा दुई दिन बिदाको पुनरावलोकन गर्दै सरकार | महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न | कोलकाताबाट डिएपी मलको ढुवानी सुरु, भोलि १,२५० मेट्रिक टन नेपालमा | काठमाडौँमा लागूऔषध कारोबारीमाथि गोली प्रहार, तीन जना पक्राउ | कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी | राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द | बहुपक्षीय सहकार्यबाट बाँकेमा बाल कुपोषण न्यूनीकरण अभियान प्रभावकारी |

प्रहरी र पत्रकारबीच अन्योन्याश्रित सम्बन्ध बनाएर अगाडि बढ्ने प्रहरी उपरीक्षक घर्तिमगरको भनाइ

यूथ टुडे समाचारदाता 3501+ समाचार ( )
२९ वैशाख २०८२, सोमबार

बाँके । राष्ट्रसेवक प्रहरी र पत्रकारबीच अन्योन्याश्रित सम्बन्ध रहेको बाँके प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगरले बताउनु भएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेमा नयाँ आएका प्रमुख प्रहरी उपरीक्षक घर्तिमगरले बाँकेका क्रियाशील पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा बोल्दै भन्नुभयो,समाजमा शान्ति–सुरक्षाको व्यवस्थापन, अपराध नियन्त्रण अनि सूचना सम्प्रेषणमा प्रहरी र पत्रकार एकअर्काका परिपूरक रहेको उल्लेख गर्नु भयो । 

उहाँले भन्नुभयो,"फरक यत्ति हो सेना–प्रहरीको हतियार बन्दुक हो, पत्रकारको कलम ।" 

प्रहरी उपरीक्षक घर्तिमगरले प्रेस र प्रहरी अभिन्न अंग भएको बताउँदै भन्नुभयो, ‘तपाईं हामी एकअर्काको पर्याय हौं । नङ र मासु जस्तो सम्बन्ध हुन्छ ।’ प्रहरी कार्यमा पत्रकारहरुबाट आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘हाम्रो कामलाई गाउँ बस्तीका जनतासमक्ष पुर्‍याइदिनुहोस् । हाम्रा गल्ती कमजोरीहरु पनि औंल्याइदिनुहोस् ।’

 प्रहरी उपरीक्षक घर्तिमगरले‘प्रविधिका कारण हिजोभन्दा आजका घटना पनि फरक छन्’, उहाँले भन्नुभयो, ‘प्रविधिमैत्री पोलिसी बनाएर हामी अगाडि बढ्नेछौं ।’ प्रहरी सक्रियतामा पत्रकारले पनि उत्तिकै साथ दिन आग्रह गर्नु भयो । 

परिचयात्मक कार्यक्रममा प्रहरी नायब उपरिक्षक दिपक पातली लगायत प्रहरी अधिकृतहरुको उपस्थित रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै