मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

जग्गादाताको नवनिर्मित प्रतिमाको अध्यक्ष चौधरीले गरे अनावरण

महमूद आलम खान 1133+ समाचार ( )
बाँके डुडुवा गाउँपालिका वार्ड नं. २ स्थित बेतहानी स्वास्थ्य चौकी भवन निमार्णका लागि जग्गादाताको नवनिर्मित प्रतिमाको अनावरण गरिएको छ ।
२३ पौष २०७८, शुक्रबार

बाँके । बाँके डुडुवा गाउँपालिका वार्ड नं. २ स्थित बेतहानी स्वास्थ्य चौकी भवन निमार्णका लागि जग्गादाताको नवनिर्मित प्रतिमाको अनावरण गरिएको छ । 

वार्ड नंं २ बेतहानी निवासी भुतपुर्व प्रधान स्वर्गिय विष्णु प्रसाद चौधरी र श्रीमती लिलावती चौधरीले स्वास्थ्य चौकी भवन निमार्णका लागि विक्रम सम्मत २०६५ सालमा सात कठ्ठा जग्गा दान गर्नुभएको थियो । जग्गा प्राप्त भएपछि नेपाल सरकारले आर्थिक वर्ष २०७३÷०७४ मा सुविधा सम्पन्न भवन निमार्ण गरेको थियो । 

गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले आज शुक्रबार एक कार्यक्रमका विच जग्गादाताको प्रतिमा अनवरण गर्दै उहाँले स्वास्थ्य जस्तो सम्बेदनशिल सेवाका लागि गरेको महादानी जग्गादाताको सम्मानका लागि प्रतिमा स्थापना गरेको बताउनुभयो । उहाले यो लाखौ मुल्य पर्ने ठुलो दानले यस क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य सेवा लिनबाट सहयोग पुगेको भन्दै समाजसेवा गर्नेहरुको सम्झनाका लागि पनि हामीले सधै सम्मान गर्न सिक्नुपर्ने कुरा उल्लेख गर्नुभयो । 

त्यस अवसरमा जग्गदाताका परिवारलाई सम्मान पनि गरिएको थियो । जग्गादाताका छोरा ओम प्रकाश चौधरी र शिवकुमार चौधरी र बुहारी सुरतादेबी चौधरीलाई अध्यक्ष चौधरीले फुल माला लगाएर सम्मान गर्नुभएको थियो । 

स्वास्थ्य चौकी निमार्ण भएपछि डुडुवा १ होलिया, २ बेतहानी र ३ बनकट्टी लगायत आसपास गाउँका नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको छ । बेतहानी स्वास्थ्य चौकीमा अहिले जेष्ठ नागरिक सहायता उपचार केन्द्र, निशुल्क प्रयोगशाला, औषधी भण्डारण, एम्बुलेन्स परिचालनको सेवा उपलब्ध रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार