मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

नेपालगंज २ को वडा अध्यक्षमा माओबादीबाट शाह र खातुनको दाबी

महमूद आलम खान 1133+ समाचार ( )
टिकट पाए चुनाब जितेर देखाउने शाह र खातुनको आ-आफनै दाबी
९ वैशाख २०७९, शुक्रबार

बाँके । दुई दशक लामो समयदेखि माओबादी राजनिति गर्दै आएका व्यापारी खलिल शाह स्थानीय तहको निर्वाचनका लागि वडाको उम्मेदवारी दिने भएका छन् । नेपालगंज उपमहानगरपालिका वडा नं. २ मा माओबादी तर्फबाट उम्मेदवारका लागि उनको नाम सिफारीश भएको छ ।

 झण्डै २० वर्षदेखि पार्टीको बिभिन्न जिम्मेवारीमा रहेर भूमिका निर्वाह गरिसकेका शाहले वडा अध्यक्ष भएर जनताको सेवा गर्न चाहेकोले पार्टीले आफूलाई टिकट दिनु पर्ने बताउदै आएका छन् । सम्भवतः शनिबार दिउसो सम्म उम्मेदवारहरुको नामावली पार्टीले सार्वजानिक गर्न तयारी गरे पनि शाहले आफू पार्टीको सच्चा सिपाही भएको पार्टीको निर्णय विपरीत नजाने बताउदै पार्टीले टिकट दिनेमा आफू विश्वस्त रहेको बताए । उनले वडाअध्यक्ष जित्ने दाबी समेत गरेका छन् ।

यसैगरी सोही वडाको वडा अध्यक्षका लागि माओबादी नेतृ कश्मीरा खातुनको नाम पनि नगर समितिले सिफारीश गरेको छ । उनी पनि कम्मर कसेर वडा अध्यक्षको टिकट लिनका लागि लागी परेकि छन् । उनले अबको नेतृत्व महिलाले पाउनु पर्ने अडान राखेको स्रोतको भनाई छ । माओबादी केन्द्रका एक जना नेताका अनुसार कश्मीरा खातुन उप मेयरका लागि नेताहरु संग प्रस्ताव गरे पनि उपमेयरमा नाम सिफारीश नभए पछि उनी वडा अध्यक्ष तर्फ ध्यानकेन्द्रीत गरेको बताए । यता खातुनले आफूले टिकट पाए चुनाव सजिलै जित्ने दाबी गरीन । आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा पाँच दलिय गठबन्धन बनाएर जाने केन्द्रले निर्णय गरी सकेकोले कुन वडा माओबादीको भाग पर्ने भन्ने विषयमा टुगो नलागेकोले तत्काल कसले टिकट पाउने भन्न कठिन रहेको पार्टी स्रोतले जनाएको छ । पार्टीका एक जना नेताका अनुसार योगदानको मूल्याकंन गरेर मात्र टिकट दिने तयारी गरिएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार