मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

डोल्पाबाट सुरूङ खनेर भागेका २ कैदी रूकुम पश्चिमबाट पक्राउ

यूथ टुडे समाचारदाता 3655+ समाचार ( )
१८ कार्तिक २०८३, मङ्गलबार

डोल्पा । जिल्लाका कारागार डोल्पाबाट सुरूङ खनेर भागेका आठ जना कैदी बन्दीहरू मध्ये दुई जना मंगलबार पक्राउ परेका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रबक्ता एसएसपी सन्तोससिंह राठौरका अनुसार रूकुम पश्चिममा दुई जना पक्राउ परेका हुन्।

आठबिसकोट नगरपालिका–१० ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका – ५ का २८ वर्षीय रेशम राना पक्राउ परेको सेतोपाटीलाई बताए।

पक्राउ परेका दुबै जना जबरजस्ती करणी मुद्दामा जिल्ला कारागार डोल्पामा कैद भुक्तान गरिरहेकाहरू थिए। उनीहरूसहित ८ जना शुक्रबार राति कारागारको सुरूङ खनेर भागेका थिए।

डिउटीको प्रहरीले चेकजाँचका लागि गाडी रोक्न भनेपछि जिपमा सवार उनीहरू भाग्न खोजेको समयमा प्रहरीले नियन्त्रणमा लिएको थियो। ‘गाडी रोक्न भनेपछि ती दुई आफैं भाग्न खोजेछन्,’ राठौरले भने।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार