मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

माओवादी केन्द्रका लागि आगामी चुनाव नभएर लडाईकाे माेर्चा हो - प्रचण्ड

महमूद आलम खान 1133+ समाचार ( )
लुम्बिनी प्रदेश स्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई बिहिवार बुटवलमा सम्बोधन गर्दै उनले भने, “माओवादीलाई हराउने ठूलो ष्डयन्त्र भएको छ ।
३ चैत्र २०७८, बिहीबार

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रका लागि आगामी चुनाव चुनाव नभएर लडाईकाे माेर्चा भएको बताएका छन् । लुम्बिनी प्रदेश स्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई बिहिवार बुटवलमा सम्बोधन गर्दै उनले भने, “माओवादीलाई हराउने ठूलो षडयन्त्र भएको छ । यो परिवर्तन उल्टाउने षडयन्त्र भएको छ । हामी सबैले ब्याटलमा जाने बुझियो भने हामीले जित्छौं । हामीले यसलाई चुनाव मात्र बुझिम् भने हामी हार्छौं ।”

उनले कार्यकर्ताहरुलाई सबै हिसावले लड्न तयार नहुने हो भने प्रतिक्रान्ति हुने बताउँदै आफूले त्यसको छनक पाइसकेको बताए । उनले अगाडि भने, “परिवर्तन विरोधी नेता र पार्टीलाई जिताउन सबै विदेशी तागत लगेका छन् । यो प्रशिक्षण सामान्य होइन । तपाई हामीले अब खतराको घण्टी बज्यो न्दै तयार गरेनौं भने यो देशलाई जोगाउन पनि हामी जित्न जरुरी छ ।” उनले एक अर्को प्रसंगमा विगतमा प्रतिगामी कदम केपी ओलीको बुद्धिले मात्र नभएको बताउँदै अन्तराष्ट्रिय डिजाइनमा भएको उल्लेख गरे ।

चुनाव केन्द्रित दुई महिने अभियानका लागि कार्यकर्तालाई निर्देशन दिँदै उनले सबैले एउटा संकल्प लिनु पर्ने बताए । उनले भने, “यो पटक हामीले दूई महिना आँखा चिम्लियौं । हामीले जिते सबैले जित्छौं । पहिले जित्नु पर्यो । हारियो भने सबै जाने हुन्छ । अब दुई महिला जनताको बीचमा जानुपर्यो । आत्मसमिक्षा गर्ने । जनताको सेवा गर्न र सांस्कृतिक रुपान्तरणका लागि दुई महिना युद्धस्तरमा संकल्प गरेर जानु पर्दछ ।” उनले विगतमा आफूहरुले डेढ महिना आन्दोलन गर्दा प्रतिगमन सच्चिएको स्मरण गर्दै अबका दुई महिना डटेर अगाडि बढे चुनाव जित्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार