मुख्य समाचार
भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ | लघुउद्यममार्फत आत्मनिर्भरता अभियान : जानकीमा नयाँ उद्यमी सिर्जना | जानकीमा रोजगारका चुनौती र सम्भावनाबारे बहस, कृषि आधुनिकीकरणमा जोड | खजुरामा मनाईयो राष्ट्रिय धान दिवस | सरकार किसानका समस्या समाधानमा गम्भीर छैन : प्रचण्ड |

नेपालगन्ज र खजुरामा विद्युत बक्यौता असुल अभियान तिब्र

यूथ टुडे समाचारदाता 3462+ समाचार ( )
२२ मंगशिर २०८२, आइतबार

बाँके । नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले विद्युत महसुल बक्यौता नतिर्ने ग्राहकविरुद्ध सञ्चालन गरेको कडाइपूर्ण अभियानले एक सातामै उल्लेख्य सफलता हासिल गरेको छ। अभियान सुरु भएको ७ दिनभित्र २१ लाखभन्दा बढी बक्यौता रकम असुल गरिएको प्राधिकरणले जानकारी दिएको छ।

मंसिर १४ गतेदेखि थालिएको ‘बक्यौता असुली अभियान’ अन्तर्गत अहिलेसम्म ५२ लाख १३ हजार ४ सय ६१ रुपैयाँ बराबरको बक्यौता असुल गराउन ३२२ जना ग्राहकको विद्युत लाइन विच्छेद गरिएको नेपालगंज वितरण केन्द्रले जनाएको छ।

आइतबार मात्र १७ लाख ९७ हजार १ सय ७७ रुपैयाँ बक्यौता रहेका १२१ ग्राहकको लाइन काटिएको थियो। तीमध्ये १३३ जना ग्राहकले तत्काल बक्यौता भुक्तानी गरेपछि विद्युत सेवा पुनः जडान गरिएको वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्राले बताए। उनका अनुसार आइतबार मात्रै २१ लाख ७६ हजार ५ सय १७ रुपैयाँ उठेको छ।

त्यसक्रममा ६ लाख ८९ हजार ४ सय ३१ रुपैयाँ तिर्ने ४४ ग्राहकको सेवा पुनः सुचारु गरिएकोछ। साथै कालोपाटीमा सूचिकृत एक जना दीर्घकालीन बक्यौता ग्राहकबाट १ लाख रुपैयाँ समेत असुल गरिएको केन्द्रले जनाएको छ।

प्रमुख मिश्राका अनुसार बक्यौता असुली अभियान अझ कडाइका साथ निरन्तर चलाइनेछ। “सबै ग्राहकलाई समयमा नै विद्युत महसुल तिर्न अनुरोध गर्दछु,” उनले भने। प्राधिकरणको नियमअनुसार ६१ दिनभन्दा बढी बक्यौता राख्ने ग्राहकको लाइन जुनसुकै बेला काट्न सकिने व्यवस्था छ।

यसैगरी आज आइतबार खजुरा विद्युत कार्यालयका इन्चार्ज दिनेश कुमार वलीको नेतृत्वमा खटिएको टोलीले लामो समयसम्म विद्युत महसुल नबुझाउने ५९ ग्राहकको लाइन काटेको छ।

समयमै महसुल नबुझाइ समस्या सिर्जना हुने भएकाले सकेसम्म छिटो महसुल तिर्न सबै ग्राहकलाई कार्यालयले अपिल गरेको छ।

विद्युत सेवा विच्छेद हुन नदिन सबै ग्राहकले नियमित रूपमा महसुल बुझाउन नेपाल विद्युत प्राधिकरणले आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार