मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
५ चैत्र २०८१, बुधवार

बाँके । नेपालगन्ज नर्सिङ क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियन(स्ववियु) अध्यक्षमा देवार्चना अधिकारीसहित प्यानलै निर्वाचित भएको छ । उनी एमाले निकट अनेरास्ववियुको तर्फबाट उम्मेदवार बनेकि थिईन। नेपाल बिद्यार्थी संघकी शुरेसमा थारुलाई पराजित गर्दै २ सय ३४ मतका साथ अधिकारी निर्वाचित भएको क्याम्पसका सूचना अधिकारी सरोज हरिजनले जानकारी दिनु भयो।

अध्यक्षमा निर्वाचित भए पछि आज बुधबार नेपालगंजमा निकालिएको विशाल बिजय र्यालीलाई सम्बोधन गर्दै अधिकारीले विद्यार्थीहरुको हित र कल्याणका लागि वकालत गर्ने र त्यस दिशामा संयन्त्रलाई चलायमान बनाउने उद्देश्य राखेको स्ववियु पछिल्लो समय राजनीतिक संगठनहरुका राजनीतिक अभिष्ट पूरा गर्न मात्रै प्रयोग गर्न थालिएका कारण वास्वविक रुपमा विद्यार्थीको स्वतन्त्र संगठन बन्न सकिरहेको छैन।

पाठ्यक्रमद्वारा निर्दिष्ट लक्ष्य र उद्देश्य प्राप्तिमा शिक्षण सिकाई क्रियाकलापमा सिर्जनात्मक तथा रचनात्मक रुपमा काम गर्नुपर्ने स्ववियु आज विभिन्न विकृति र वादहरुका कारण बन्धक बनरिहेको छ।

यसकारण कुनै पनि वाद, सिद्धान्त र विचारहरुको बन्दी नबनाइ स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न र सबैको साझा प्रतिनिधिको रुपमा प्रभावकारी काम गर्ने गरी बिद्यार्थी साथीहरुले मलाई निर्वाचित गराएको बताउनु भयो । उहाँले चुनाव जित्नका लागि सबैको प्रिय हुन पनि जरुरी रहेको जिकिर गर्नु भयो ।

यस्तै सचिवमा अनेरास्ववियुकै ईशा पौडेल र कोषाध्यक्षमा अस्मिता सिंह निर्वाचित भएका छन् । उनीहरु पनि अनेरास्ववियुकै रहेको बताइएको छ । यसैगरी सदस्यहरुमा स्मृति घिमिरे, सूचना धिताल, निलम सुनार, एन्जल शाही, यशोदा खड्का निर्वाचित भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार