मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

हुलाकी राजमार्ग अवरुद्ध

यूथ टुडे समाचारदाता 3556+ समाचार ( )
३ माघ २०८१, बिहीबार

बाँके । सडक दुर्घटनामा ज्यान गुमाएका ब्यक्तीका परिवारलाई क्षतिपुर्ति दिने विषयमा सहमति नहुँदा आज बिहीबार हुलाकी राजमार्ग अवरुद्द गरिएको छ । नेपालगन्ज-नरैनापुर-बैजापुर जोड्ने हुलाकी राजमार्ग अन्तरगत कुण्डा चोकमा मृतकका परिवार तथा स्थानीय बासिन्दाले सडक अवरुद्ध गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक हिमराज बि.क.ले हुलाकी राजमार्गमा मृतकका परिवार र स्थानीय बासिन्दाहरु आएर बिहीबार बिहान साढे १० बजे देखि अबरुद्ध गरेको जानकारी दिनु भयो । उहाँले भन्नुभयो'मृतकहरुको मागका विषयमा बार्ता पनि चलिरहेको छ, माग पूरा नहुँदा सम्म सडक अवरुद्ध गर्छौ भनेर उहाँहरु अहिले पनि आन्दोलनमै हुनुहुन्छ ।,'
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुर सर्रामा मंगलबार बेलुका साढे ६ बजेतिर नरैनापुरबाट नेपालगन्ज आउँदै गरेको भे १ ख ३७७४ नम्बरको बसले विपरीत दिशातिर गइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका मोटरसाइकल चालक राप्ती सोनारी-७ फत्तेपुर, सर्रा निवासी २७ वर्षीय दिलबहादुर थारु र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २३ बर्षीय राजेश थारुको मृत्यु भएको थियो ।
स्थानीय बासिन्दाले सडकमा टायर बालेर नाराबाजी गरेका छन । स्थानीय बासिन्दाको आन्दोलनका कारण हुलाकी राजमार्ग भएर चल्ने सवारी साधन ठप्प भएका छन । क्षतिपुर्तिमा कुरा नमिल्दा परिवारले मृतकको शव बुझेका छैनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार