मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

नरैनापुरको बिकासका लागि १५ दिन भित्रै बजेट विनियोजन गर्छु - मन्त्री राई

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
बाँकेको नरैनापुर गाउँपालिका अध्यक्षद्वारा भौतिक पूर्वधार तथा यातायात मन्त्री राईलाई बधाई एवं शुभकामना व्यक्त
२७ असार २०७९, सोमबार

 बाँके । नवनियुक्त भौतिक पूर्वधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले पाँच महिनामा नतिजा देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

नरैनापुर गाउँपालिकाकाले एक कार्यक्रमको आयोजना गरी मन्त्री राईलाई बधाई एवं शुभकामना दिएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले नरैनापुर बासीहरुकै कारण आफु राजनितिमा सफल भएको बताउदै उनले नरैनापुर बासीको ऋण जिवनको अन्तिम सास सम्म समेत तिर्न नसक्ने बताए । उनले भने नरैनापुरलाई दुर्गमको रेखा मुनि बाट हटाएर सुगम बनाउने तर्फ भुमिका खेल्ने जिकिर गरे । मन्त्री राईले नरैनापुरमा छात्रा बिधालय निर्माण देखि रोड, पुल लगायत भौतिक संरचना निर्माणका  लागि १५ दिन भित्रै ४० करोड बजेट विनियोजन गरेर सिलान्यास गर्ने प्रतिबद्धता व्यक्त गरे । 

मन्त्री राईलाई स्वागत गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष सैयद इस्तियाक अहमद शाहले ‘दुर्गम स्थानको बारेमा परिभाषा बदल्न जरुरी छ । मोटरबाटो नपुगेका स्थानमा मोटरबाट नपुग्दासम्म अति दुर्गम स्थानका रूपमा परिभाषित गरेर त्यही अनुसारको बजेट व्यवस्थापन गर्न पहल गर्नुपर्छ,’ अध्यक्ष शाहले भने, ‘नरैनापुर जस्ता विकट वडा र गाउँबारे थप योजना ल्याउन मन्त्री राई संग माग गरेका थिए ।’

अध्यक्ष शाहले भने 'विकटतामा पनि हामीले सुगमता खोज्ने योजना ल्याउने हो । नयाँ सम्भावना के हुन सक्छ, खोज्ने हो,’उनले भने ‘यहाँ विकट भनेर छोड्ने हो भने यहाँको भूमि, नदीनाला, र सार्वजनिक सम्पत्तिको जगेर्ना कसले गर्ने ? यही विकट स्थानलाई सुगम बनाउन सरकारले पपहल गर्नु पर्छ ।’ मन्त्री राईलाई अध्यक्ष शाहले २३ वटा योजनाको माग पत्र हस्तान्तरण गर्नु गरेका थिए ।

पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन क्षेत्र नम्बर २ नरैनापुरबाट अत्यधिक मतका साथ विजयी भएका मन्त्री राईले सो समयमा जनताको चाहना अनुसार काम गर्न नसकेका कारण दोस्रो पटकको निर्वाचनमा पराजित हुनु परेको थियो । 

स्थानीय नागरिकहरुले तेस्रो पटक मन्त्री बनेका राईलाई बधाई दिदै नरैनापुरलाई दुर्गमबाट सुगम बनाइ दिन माग गरेका थिए।

मन्त्री राईलाई नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्ती देवी श्रीवस्तव, वडा नं १,२,३,४ र ६ का अध्यक्षहरु ,  वडा सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेत, योजना शाखा प्रमुख भरत महतो, लेखापाल प्रकाश अधिकारी लगायतले बधाई दिएका थिए भने उक्त कार्यक्रममा जनता समाजवादी पार्टी बाँके अध्यक्ष कमरुद्दीन राई, सचिव राजेन्द्र बिश्वकर्मा लगायत नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार