मुख्य समाचार
बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक |

बाँकेका ८ वटै स्थानीय तहमा उत्साहजनक रुपले मनोनयन दर्ता

महमूद आलम खान 1133+ समाचार ( )
बाँकेको ८ वटै स्थानीय तहमा सोमबार कांग्रेस, एमाले, माओबादी केन्द्र लगायत दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी रमा पन्तले जानकारी दिईन ।
१२ वैशाख २०७९, सोमबार

बाँके । बाँकेका ८ वटै स्थानीय तहमा उम्मेदवारले सोमबार उत्साहजनक रुपले मनोनयन दर्ता गराएका छन् । सबैभन्दा चासोका साथ हेरिएको नेपालगन्ज उपमहानगरपालिकामा करिव दुई दर्जन उम्मेदवारले प्रमुख र उपप्रमुख पदमा मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गठबन्धनका तर्फबाट नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट कमरुद्धिन राईले मनोनयन दर्ता गराएका छन् । यस्तै नेकपा एमालेको तर्फबाट नगर प्रमुखमा पशुपति दयाल मिश्र र उपप्रमुखमा शान्ति ढकालले दर्ता गराएका छन् ।

गठबन्धनमा रहेको नेकपा माओबादी केन्द्रका टंक धामीले प्रमुख र तारा रोकायले उपप्रमुख पदमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराए । राप्रपाको तर्फबाट आइतबार नै प्रमुखमा नन्दलाल बैश्य र उपप्रमुखमा बिन्दु चर्तिमगरले मनोनयन दर्ता गराएका थिए । मनोनयन दर्ता गर्ने क्रममा उम्मेदवारले आफ्नो शक्ति प्रर्दशन गरे ।

बाँकेको ८ वटै स्थानीय तहमा सोमबार कांग्रेस, एमाले, माओबादी केन्द्र लगायत दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी रमा पन्तले जानकारी दिईन । 

स्थानीय तह निर्वाचनका लागि मनोनयनको आज दोस्रो दिन बाँकेको नरैनापुर गाँउपालिकाका लागि ४ जनाले अध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका छन् । 

नरैनापुर गाँउपालिकामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा ५ जनाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराए पश्चात पत्रकारहरु संग कुरा गर्दै नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले गत निर्वाचनमा जनताले जुन विश्वासका साथ मत दिएका थिए त्यो भन्दा बढी काम गरेर देखाएको बताउदै आउने ३० गते हुने निर्वाचनमा दोब्बर मत दिएर जिताउने दाबी गरे । उनले भने बाँकी रहेको विकास निमार्णको काम यस पटक सम्पन्न गरेर अर्को पटक नयाँ व्यक्ति गाँउपालिकाको जिम्मेवारी प्रदान गर्ने घोषणा गरे ।

यसै गरी डुडुवा गाँउपालिकामा पनि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गाँउपालिकाका निर्वतमान अध्यक्ष नरेन्द्र चौधरीले आफूले जनताको भावना अनुसार काम गरेकोले एक कार्यकालका लागि जनताले आफनो मत दिएर विजय गराउने दाबी गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार