मुख्य समाचार
नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता |

बाँकेका ईट्टा व्यवसायीद्धारा बालश्रमिक नराख्ने प्रतिवद्धता

महमूद आलम खान 1133+ समाचार ( )
५ कार्तिक २०७८, शुक्रबार

नेपालगञ्ज । बाँके जिल्लाका ईट्टा व्यवसायीहरुले आफ्नो उद्योगमा बालश्रमिक नराख्ने र त्यहाँ कार्यरत मजदुरका बालबालिकालाई उचित शिक्षाको प्रबन्ध मिलाउने प्रतिवद्धता जनाएका छन् । 

बाँके युनेस्को क्लबले विश्व शिक्षाको सहयोगमा सञ्चालन गरेको सक्रिय परियोजना अन्तर्गत बालश्रम विरुद्ध सचेतनाका लागि नेपालगञ्जमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले सो प्रतिवद्धता जनाएका हुन् । 

ईट्टा व्यवसायी संघ बाँकेसंगको समन्वय र सहकार्यमा आयोजना गरिएको सो कार्यक्रममा ईट्टा व्यवसायी संघ बाँकेका अध्यक्ष लगायतका पदाधिकारी तथा अन्य व्यवसायीले बालश्रमिक नराख्ने प्रतिवद्धता गर्दै उद्योगमा काम गर्ने मजदुरका छोराछोरीलाई शिक्षाको व्यवस्था मिलाउने जानकारी गराएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । 

कार्यक्रममा बोल्दै संघका अध्यक्ष देवबहादुर ओलीले अबदेखि कुनै पनि ईट्टा उद्योगले बालश्रमिक नराख्ने र त्यसका लागि नियमित अनुगमन समेत गरिने व्यवस्था मिलाइने बताउनुभयो । 

उहाँले संघ मार्फतनै यो कुराको जानकारी जिल्लाभरका सबै ईट्टा उद्योगीहरुलाई गराइने पनि बताउनुभयो । 

ईट्टा व्यवसायी संघ बाँकेका वरिष्ठ उपाध्यक्ष सत्तार खाँले उद्योगमा काम गर्ने भारतीय मजदुरका छोराछोरीलाई पनि उनिहरुले बुझ्ने भाषामा शिक्षाको व्यवस्था मिलाउन पहल गर्ने बताउनुभयो । 

सो कार्यक्रममा संघका उपाध्यक्ष रामचन्द्र शाह, महासचिव केशवराज भण्डारी र कोषाध्यक्ष विजय बहादुर शाह लगायत कार्यसमितिका सदस्य तथा अन्य उद्योगीहरुको पनि सहभागिता रहेको थियो । 

ईट्टा उद्योगमा काम गर्ने बालश्रमिकको न्युनिकरण तथा उनिहरुको शिक्षा पोषण लगायतका विषयमा छलफल गर्न आयोजना गरिएको सो कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपाली र सक्रिय परियोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत साजिद अली सिद्दिकीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन फिल्ड अफिसर गुलाम गौसले गर्नुभएको थियो । 

नेपालगञ्ज र सो वरिपरि बाँके जिल्लामा रहेका अधिकांश इट्टा उद्योगमा बालश्रमिक राखिने गरिएको पाईएकोले सो न्युनिकरण गर्ने लगायत अन्य क्षेत्रमा व्याप्त रहेको बालश्रमलाई समाप्त गर्ने उदेश्यले क्लबले सक्रिय परियोजना सञ्चालन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार