मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |

‘उत्तर प्रदेशका मुख्यमन्त्री सँगको भेट जनकपुरधामको पर्यटन प्रवर्द्धनमा केन्द्रित’

यूथ टुडे समाचारदाता 2657+ समाचार ( )
२६ चैत्र २०८१, बुधवार

जनकपुरधाम । मधेश प्रदेश सभामा प्रमुख प्रतिपक्षी सहित अन्य दलहरूले प्रदेश सभामा गर्दै आएको अवरोध मुख्यमन्त्री सतिश अन्य मन्त्रीहरूले प्रदेश सभाको आज बसेको बैठकमा जवाफ दिएपछि प्रदेश सभाको गतिरोध अन्त्य भएको छ ।

प्रदेश सभामा जवाफ दिँदै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफ्नो उत्तर प्रदेशको भ्रमण व्यक्तिगत एवं पारिवारिक भएको बताउनुभएको छ । उहाँले आफू आफन्त भेट्नका लागि कपिलवस्तु गएको बेलामा केही मिनटको दूरीमा भारतको उत्तर प्रदेशको भूगोलमा पर्ने एक मन्दिरको उद्घाटनमा आउनुभएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट भएको र त्यस क्रममा जनकपुरधामको धार्मिक विकासका विषयमा कुरा भएको बताउनुभयो ।

मुख्यमन्त्रीले जनकपुरधामलाई अयोध्यासँग जोडेर जनकपुरधामको पर्यटन प्रवर्द्धन गर्नका लागि सहयोग आदानप्रदान गर्ने विषयमा कुरा भएको बताउनुभयो । 

अयोध्यामा दर्शनका लागि आउने १३ करोड पर्यटकमध्ये १५.२० प्रतिशत पर्यटक जनकपुरधाम ल्याउने विषयमा कुरा भएको मुख्यमन्त्री सिंहले बताउनुभयो । 

यस अघि मधेश प्रदेश सभामा अर्थ मन्त्रालयसँग उठेको विषयमा अर्थमन्त्री सुनिल यादवले जवाफ दिनुभएको थियो भने भौतिक पूर्वाधार विकास मन्त्रालयको विषयमा उठेको जिज्ञासा तथा आरोपको विषयमा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले जवाफ दिनुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार