मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |
मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |


निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा प्रोत्साहन, श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पुरस्कार तथा अभिभावक भेला सम्पन्न
२३ जेठ २०८३, शनिबार

सुर्खेत । चिङ्गाड गाउँपालिका–१, काउलेस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अभिभावक भेला, विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीलाई अध्ययनतर्फ प्रेरित गर्ने तथा अभिभावक र विद्यालयबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा निरजला–शुसिला स्मृति अक्षयकोषका संरक्षक तथा बाँकेको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय सहभागी हुनुभएको थियो। निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा प्रोत्साहन, श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पुरस्कार तथा अभिभावक भेला सम्पन्न चिङ्गाड गाउँपालिकाकी कार्यपालिका सदस्य ललिता रोकाया, शिक्षा समिति सदस्य कौशिला भुषाल, इन्द्रेणी माध्यमिक विद्यालय गोगनेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमबहादुर रजाली लगायत स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा निरजला–शुसिला स्मृति अक्षयकोषबाट विद्यालयमा अध्ययनरत २५ जना छात्राहरूलाई प्रतिविद्यार्थी नगद रु २ हजार, विद्यालय पोशाक (स्कुल ड्रेस) तथा सम्मानपत्र प्रदान गरिएको थियो। छात्रा शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको उक्त अक्षयकोषबाट हरेक वर्ष उत्कृष्ट तथा आवश्यकतामा रहेका छात्राहरूलाई सहयोग प्रदान गर्दै आइएको छ।

वि.सं. २०७५ सालमा स्थापना भएको निरजला–शुसिला स्मृति अक्षयकोष समाजसेवी परशुराम उपाध्यायले आफ्नी स्वर्गीय माता निरजला देवी उपाध्याय र स्वर्गीय पत्नी शुसिला कुमारी बुढाथोकीको स्मृतिमा स्थापना गर्नुभएको हो। शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना गरिएको उक्त कोषले ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई प्रेरणा र हौसला प्रदान गर्दै आएको छ।

यसै अवसरमा गत वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने उत्कृष्ट विद्यार्थीहरूलाई समेत पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। विद्यालय प्रशासनका अनुसार यस प्रकारका सम्मान कार्यक्रमले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना विकास हुनुका साथै अध्ययनप्रतिको लगाव बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अक्षयकोषदाता परशुराम उपाध्यायले शिक्षा नै समाज परिवर्तनको सबैभन्दा बलियो आधार भएको बताउनुभयो। उहाँले ग्रामीण क्षेत्रका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै छात्राहरूलाई शिक्षा प्राप्तिको अवसरबाट वञ्चित हुन नदिन विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो।

उहाँले भन्नुभयो, “शिक्षामा गरिएको लगानी भविष्य निर्माणको लगानी हो। विद्यार्थीहरूलाई प्रोत्साहन र अवसर दिन सकियो भने उनीहरूले समाज र राष्ट्रका लागि उदाहरणीय योगदान दिन सक्छन्। अक्षयकोषको उद्देश्य पनि विद्यार्थीहरूमा अध्ययनप्रतिको उत्साह जगाउनु र शैक्षिक उपलब्धिलाई सम्मान गर्नु हो।”

कार्यक्रमकै अवसरमा परशुराम उपाध्यायले इन्द्रेणी माध्यमिक विद्यालय, गोगनेका लागि पुरस्कार अक्षयकोष स्थापना गर्न रु ५१ हजार रकम हस्तान्तरण गर्नुभएको थियो। उक्त सहयोगले विद्यालयमा उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभिभावकहरूले विद्यालयको शैक्षिक गतिविधि, विद्यार्थीको सिकाइ अवस्था तथा आगामी योजनाबारे जानकारी प्राप्त गरेका थिए। सहभागीहरूले यस्ता कार्यक्रमले विद्यालयप्रति अभिभावकको अपनत्व बढाउनुका साथै विद्यार्थीलाई अझ राम्रो नतिजा हासिल गर्न प्रेरित गर्ने बताएका थिए।

कार्यक्रमले शिक्षा क्षेत्रमा सामुदायिक सहभागिता, विद्यार्थी प्रोत्साहन तथा सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको सहभागीहरूको भनाइ थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार