मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नरैनापुरमा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१४ मंगशिर २०८०, बिहीबार

बाँके । नरैनापुर गाउँपालिका १ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको छ । कोइला चमारिनले भनिन  झन्डै एक घन्टा हिँडेर गाउँपालिका नजिकै रहेको लक्ष्मी सनराइज बैंक जानुपर्ने बाध्यता थियो ।

बैंकमा भीडभाड हुँदा रकम लिनका लागि घन्टौ समय कुर्नुपर्थ्यो । घरसम्म पुग्ने सडक भए पनि नियमित गाडी नचल्दा र समयमै अटो नभेटिँदा घर फर्कन पनि सास्ती झेल्नु पर्थ्यो । तर वडा कार्यालयमा‌ नै भत्ता बुझ्न पाए पछि सास्तीवाट मुक्ति पाएको उनको भनाइ थियो । 

नरैनापुर गाउँपालिकाका अरु अधिकांश जेष्ठ नागरिक र अशक्तहरू वडामै बैंक नभएर पालिका स्थित रहेको बैंकमा जानु पर्दा विभिन्न सास्ती भोग्दै आएका थिए ।

घरबाट बैंकसम्म आउँदा करिब दुई घन्टा हिँड्नु पर्ने र भीडभाडका कारण बैंकमा लामो समय पालो कुर्नपर्ने बाध्यताको अहिले अन्त्य भएको छ । नरैनापुर गाउँपालिकाले वडाबाटै र अशक्तका लागि घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि यहाँका स्थानीयलाई सहज भएको छ ।

बैंकका कर्मचारी, वडाका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा वडाबाटै भत्ता पाउन थालेपछि अहिले पालिका भित्रका अशक्त, अपांगता भएका र जेष्ठ नागरिकहरूलाई सहज भएको स्थानीयहरु बताउँछन् ।

यसअघि बैंकबाट भत्ता वितरण गरिएकोमा निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले वडाबाटै भत्ता वितरण गर्ने व्यवस्था मिलाएका हुन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले अशक्त, अपांगता भएका नागरिक, जेष्ठ नागरिकलाई सास्ती भएको देखेपछि वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको बताए । उनले आगामी दिनमा टोल र घरघरमा गएर भत्ता वितरण गर्ने तयारी गरेको बताए । नरैनापुरमा सामाजिक सुरक्षा भत्ता लिने ३ हजार ४ सय ७० जना छन्  । सामाजिक शाखा प्रमुख जिवन लाल यादव, सामाजिक सुरक्षा तथा पन्जिकरण शाखाका एम आइ एम अपरेटर गोबिन्द प्रसाद गोडिया, फिल्ड सहायक सुरज कुमार श्रीवास्तव लगायतले भत्ता वितरण गरिरहेको गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया

Ghanshyam Vaishy १४ मंगशिर २०८०, बिहीबार

Very good

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार