मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

प्रहरीले घटना मोड्न खोज्यो:
दुई जना पैदल यात्रीलाई मार्ने चालक र गाडीमा सवार २ जना लाई कारवाही गर्न माग गर्दै प्रदर्शन

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
१९ पौष २०८०, बिहीबार

बाँके । पीडित पक्षले सडकमा टायर बालेर प्रर्दशन गरेपछि नेपालगन्ज–कोहलपुर सडक खण्ड अवरुद्ध भएको छ । चालकलाई कारबाही र घटनाको वास्तविकता सार्वजनिक गर्नुपर्ने माग राख्दै उनीहरुले सडक अवरुद्ध गरेका हुन् ।

कारकाँदोस्थित सिक्टा सिँचाइ आयोजना कार्यालय नजिक सु.प्र.प्र. ०१-००१ प ३४६४ नम्बरको स्कारपियोले ठक्कर दिदाँ अंग्रेजी नयाँ वर्ष मनाएर फर्किदै गरेका २२ वर्षिया आस्था शाह र मायाराम चौधरीको मृत्यु भएको थियो । सोही दुर्घटनामा परी अर्की २४ वर्षीया साहना शाह पनि घाइते भएकी थिइन् । आफन्तका अनुसार कैलाली निवासी आस्था नेपालगन्जमा बस्दै आएकी थिइन्, भने मायाराम होटल सिद्धार्थमा कार्यरत थिए । 

दुर्घटना भएको तीन दिन बितिसक्दा पनि बाँके प्रहरी, प्रशासनले घटनाको वास्तविकता लुकाएर दोषीलाई बचाउन खोजेको भन्दै मृतकका परिवार तथा आफन्तले दुर्घटना भएको स्थलमा टायर बालेर सडक अवरुद्ध गरेका हुन् । बिहान करिव साढे ११ बजेतिर अवरुद्ध भएको सडक अहिलेसम्म खुलेको छैन । 

अवरुद्ध सडक खुलाउने विषयमा पहल भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक(डिएसपी) नारायण डाँगीले बताएका छन् । ‘दुर्घटनाबारे हामीले पीडित पक्षलाई सबै कुरा जानकारी गराएका छौं, हामी कानुन बमोजिम नै अनुसन्धान गरिरहेका छौं,’ उनले भने । 

प्रहरीले बैकल्पिक बाटो प्रयोग गरेर सवारी साधन पठाइरहेको छ । घटनाका प्रत्यक्षदर्शीका अनुसार मदिरा सेवन गरेका चालकसहित स्कारपियोमा अन्य युवा र युवती पनि सवार थिए । ति युवती युवती को हुन् भन्नेबारे अहिलेसम्म पत्ता लागेको छैन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार