मुख्य समाचार
पेडारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा अध्यक्ष सिताराम थारूको प्यानल विजयी | नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौं महाधिवेशनका लागि लोगो सार्वजनिक | नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार | लुम्बिनी कप महिला फुटबल : पुलिससँग पाहुना टोली सिलिगुडी ४–० ले पराजित | संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श | नेपालगञ्ज–काठमाडौं ‘फाईटर किङ्ग’ लक्जरी बस सेवा सुरु "पश्चिम नेपालकै पहिलो सिल्पर सोफा बस" | पत्रकार विश्वकर्मालाई प्रजिअ जोशीको धम्की, प्रहरीद्वारा केरकार | मूल्यवृद्धिको अध्ययन गर्न संसदीय समितिका सभापति खान सहितको टोली लुम्बिनी प्रदेशमा | नेपालगञ्जमा थारु हाउसको मेयर बिष्टले गरे उद्घाटन | डेढ दशकअघि बहुचर्चित युनिटी ठगी प्रकरण : सञ्चालकहरू सर्वोच्चबाट दोषी ठहर |

प्रहरीले घटना मोड्न खोज्यो:
दुई जना पैदल यात्रीलाई मार्ने चालक र गाडीमा सवार २ जना लाई कारवाही गर्न माग गर्दै प्रदर्शन

यूथ टुडे समाचारदाता 2591+ समाचार ( )
१९ पौष २०८०, बिहीबार

बाँके । पीडित पक्षले सडकमा टायर बालेर प्रर्दशन गरेपछि नेपालगन्ज–कोहलपुर सडक खण्ड अवरुद्ध भएको छ । चालकलाई कारबाही र घटनाको वास्तविकता सार्वजनिक गर्नुपर्ने माग राख्दै उनीहरुले सडक अवरुद्ध गरेका हुन् ।

कारकाँदोस्थित सिक्टा सिँचाइ आयोजना कार्यालय नजिक सु.प्र.प्र. ०१-००१ प ३४६४ नम्बरको स्कारपियोले ठक्कर दिदाँ अंग्रेजी नयाँ वर्ष मनाएर फर्किदै गरेका २२ वर्षिया आस्था शाह र मायाराम चौधरीको मृत्यु भएको थियो । सोही दुर्घटनामा परी अर्की २४ वर्षीया साहना शाह पनि घाइते भएकी थिइन् । आफन्तका अनुसार कैलाली निवासी आस्था नेपालगन्जमा बस्दै आएकी थिइन्, भने मायाराम होटल सिद्धार्थमा कार्यरत थिए । 

दुर्घटना भएको तीन दिन बितिसक्दा पनि बाँके प्रहरी, प्रशासनले घटनाको वास्तविकता लुकाएर दोषीलाई बचाउन खोजेको भन्दै मृतकका परिवार तथा आफन्तले दुर्घटना भएको स्थलमा टायर बालेर सडक अवरुद्ध गरेका हुन् । बिहान करिव साढे ११ बजेतिर अवरुद्ध भएको सडक अहिलेसम्म खुलेको छैन । 

अवरुद्ध सडक खुलाउने विषयमा पहल भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक(डिएसपी) नारायण डाँगीले बताएका छन् । ‘दुर्घटनाबारे हामीले पीडित पक्षलाई सबै कुरा जानकारी गराएका छौं, हामी कानुन बमोजिम नै अनुसन्धान गरिरहेका छौं,’ उनले भने । 

प्रहरीले बैकल्पिक बाटो प्रयोग गरेर सवारी साधन पठाइरहेको छ । घटनाका प्रत्यक्षदर्शीका अनुसार मदिरा सेवन गरेका चालकसहित स्कारपियोमा अन्य युवा र युवती पनि सवार थिए । ति युवती युवती को हुन् भन्नेबारे अहिलेसम्म पत्ता लागेको छैन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार