मुख्य समाचार
नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता |

सिकलसेल र थालेसेमियाका बिरामीको वीमाको प्रिमियर सरकारले नै तिर्नु पर्छ- डा.पाण्डे

यूथ टुडे समाचारदाता 3515+ समाचार ( )
भेरी अस्पताल नेपालगन्जमा उपचाररत २० जना सिकलसेल विरामीको उपचार खर्च सकिएको छ
६ असार २०७९, सोमबार

बाँके । भेरी अस्पताल नेपालगन्जमा उपचाररत २० जना सिकलसेल विरामीको उपचार खर्च सकिएको छ । सरकारले सिकलसेल बिरामीलाई एक लाखसम्म उपचार खर्च दिने गरेको छ । सरकारले दिने खर्च सकिएपछि ती बिरामीहरु समस्यामा परेका छन् ।

भेरी अस्पतालमा ८९४ जना बिरामी नियमित उपचारमा रहेको अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले जानकारी दिए । पश्चिम नेपालका थारु समुदायमासहित अन्य समुदायमा समेत देखिएको सिकलसेल रोगका बिरामीलाई आवश्यक औषधि बीमाको सूचीमा समेत नसमेटिएका कारण थप सास्ती खेप्नु परेको छ ।

सरकारले अति आवश्यकीय औषधिको सूचीमा सिकलसेलका बिरामीले पाउनुपर्ने औषधिलाई समावेश गरेपनि बीमाको सूचीमा भने राखिएको छैन । जसले गर्दा बीमा गरेका सिकलसेलका बिरामीले वीमा गरेपनि औषधि पाउन सकेका छैनन् । थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा रहेको र अन्य समुदायमा समेत देखिएको सिकलसेल रोगको उपचारलाई प्रभावकारी गराउन सरकारले नीतिगत सुधार गर्न जरुरी रहेको सिकलसेल विज्ञ समेत रहेका डा. पाण्डेको सुझाव छ ।

सिकलसेल तथा थालेसेमिया रोगको न्यूनीकरणका लागि हरेक समुदायमा स्क्रिनिङ जरुरी रहेको डा. पाण्डेको भनाई छ । त्यसैका आधारमा रोगी र वहाकको पहिचान हुने र उपचार तथा न्यूनीकरणका कार्यक्रमहरु अगाडि बढाउन सहज हुने उनले बताए ।

‘सिकलसेल तथा थालेसेमिया न्यूनीकरणका लागि बाहकको पहिचान गर्न अत्यन्तै जरुरी छ,' उनले भने–‘त्यसका लागि कम्तिमा पनि विहे अगाडि किशोर किशोरीको स्क्रिनिङ गर्नै पर्छ ।’ रोगी वा वहाक पहिचान भए त्यही अनुसार विहेवारी गर्न सुझाउनु पर्ने आवश्यकता देखिएको उनको भनाई थियो ।

सिकलसेल तथा थालेसेमियाबाट भावी पुस्तालाई जोगाउने उपाय भनेकै रोगी–रोगीबीचको विवाह रोक्नु हो । यदि एउटा रोगी र अर्को निरोगी छ भने विवाह गर्न मिल्ने डा. पाण्डेको भनाई छ । सिकलसेल र थालेसेमिया रोगको उपचार खर्चिलो हुने भएकाले राज्यले नीतिगतरुपमा पहलदकमी लिनु पर्ने डा. पाण्डे बताउँछन् । उनले सिकलसेल र थालेसेमियाका बिरामीको वीमाको प्रिमियर सरकारले नै तिरिदिनु पर्ने बताउँछन् । स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जका संचारकर्मीसँग गरेको अभिमुखीकरणमा डा. पाण्डेले बंशाणुगत यो रोग भावी पुस्तामा सर्न नदिनु नै न्यूनीकरणको उपाय भएकाले त्यसै खालका कार्यक्रम समुदायस्तरमा लैजानुपर्ने सुझाव दिए ।

स्वास्थ्य कार्यालयले अहिले बाँकेका थारुबाहुल पालिकाहरुमा सिकलसेल र थालेसेमिया रोगको स्क्रिनिङ गर्दै आएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिकाको वडा नम्वर ४, ५, ६ र ७ मा करिव दुई हजारलाई स्क्रिनिङ गर्ने योजनाका साथ अहिले वडा नम्वर ४ का ३७३ जनाको स्याम्पल जाँच गर्दा ६३ जनामा बाहक देखिएको छ ।

कक्षा ९ र १० का विद्यार्थीहरुको स्याम्पल कलेक्सन गरेर भेरी अस्पतालमा परीक्षण गर्ने गरिएको छ । यो हिसावले हेर्दा करिव १७ प्रतिशतमा सिकेलसेल देखिएको छ । कोहलपुर नगरपालिकामा पनि करिव १५ प्रतिशतमा सिकलसेल एनिमिया देखिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार