मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |

बाँकेमा अन्तर्राष्ट्रिय नारी दिवस भव्य रुपमा मनाइयो

यूथ टुडे समाचारदाता 2516+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

बाँके । ११५ औँ अन्तराष्ट्रिय नारी दिवस बाँकेमा भव्यताका साथ मनाइएको छ । दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिका बाट सुरु भएको ¥याली विपि चोक ,धम्बोजि चोक ,सेतुविक चोक ,न्युरोड ,त्रिभुवन चोक हुदै पुनः नेपालगन्ज उपमहानगरपालिकामा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

आयोजक मूल समारोह समिति एवं नगर स्तरीय लैङ्गिक हिंसा निगरानी सञ्जाल नेपालगन्ज उपमहानगरपालिकाका संयोजक केशब कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठले अहिले पनि महिला हिंसाका घटना घटिरहेको हुँदा सबै जनालाई गम्भीर हुन जरुरी रहेको बताउनु भएको थियो ।

उहाँले महिलाका नाममा निकाशा हुने बजेटमा चासो दिन पनि आग्रह गर्नुभयो । श्रेष्ठले महिला अधिकार स्थापित गर्नका लागि सामुहिक एकता र अभियानको खाचो रहेको औल्याउनु भएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक तुल बहादुर कार्किले महिला अधिकारका बिषयमा प्रकाश पार्दे ट्राफिक नियमको पनि पालना गर्नुपर्ने धारणा राख्नुभएको थियो । 

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जमा प्रमुख द्धारिक अधिकारीले महिला आन्दोलनले स्थापित भएको महिला अधिकारलाई अब व्यवहारिक बनाउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले महिलाहरुको हकहितका लागि सञ्चार क्षेत्रबाट निरन्तर भुमिका निर्वाह भइरहेको र आगामि दिनमा पनि निरन्तर लागि पर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । 

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका न्यायिक समितिका सदस्य रुमिता श्रेष्ठ र नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्य संगिता रेग्मि लगायतले बोल्नुभएको थियो । 

कार्यक्रममा उद्योगी ,पत्रकार र सामाजिक अभियान्ता गरी ६ जना महिलाहरुलाई सम्मान समेत गरिएको छ । महिला उद्यमि तर्फ आशा शार्की ,लक्ष्मि बम र नानी माया पुरी रहनु भएको छ । यसैगरी क्रियाशिल पत्रकार महिला तर्फ साबित्री गिरी र रुपा गहतराज सम्मानित हुनु भएको छ भने सामाजिक अभियान्ता तर्फ शाहिदा बानो सम्मानित हुनु भएको छ । 

यसैगरि नरैनापुर, राप्ती सोनारी, खजुरा, जनाकी, बैजनाथ र डुडुवा गाउँपालिकामा पनि दिवस मनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार