मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

टिआरसी विधेयकमा सहमति जुटाउन थप समय माग

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
२० फाल्गुन २०८०, आइतबार

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयकमा सहमति जुटाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले थप समय माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा मानवअधिकार उल्लङ्घनको घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्ने विषय र घटी सजायबारे सहमति हुन नसकेपछि सहमतिका लागि मन्त्री गुरुङले थप समय माग गर्नुभएको हो ।

समितिको अब बस्ने बैठकमा कानुन मन्त्रालय र समिति सचिवालयले समितिमा भएको छलफल र उपसमितिको प्रतिवेदन अनुसार मस्यौदा प्रतिवेदन तयार पारेर समितिमा पेश गर्ने र त्यसलाई छलफल गरी पारित गर्ने समिति सभापति विमला सुवेदीले बताउनुभयो ।

बैठकमा मानव अधिकारको गम्भीर उल्लङ्घनमा नियतवश स्वेच्छाचारी रुपमा गरिएको हत्या राख्न सांसदहरु सहमत हुनुभएको छ ।

मानवअधिकारको गम्भीर उल्लङ्घनको घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति चाहिने व्यवस्था गर्न दलहरू सहमत भएपनि स्वतन्त्र सहमति नभएमा के गर्ने भन्ने विषयमा सहमति हुन बाँकी छ ।

बैठकमा नेकपा एमालेका सांसदहरुले पीडितको सहमति नभए अभियोजनमा जाने वा ऐन बमोजिम गठन हुने विशेष अदालतमा निवेदन लिएर जानसक्ने व्यवस्था राख्न प्रस्ताव गर्नुभएको छ ।

सङ्क्रमणकालीन न्यायको विषय भएकाले द्वन्द्वकालीन कुनै पनि घटनामा नियमित कानुनी व्यवस्था भन्दा फरक सजाय हुनेमा सहमति भए पनि आधार र कारण खुलाएर सजाय कम गर्न सक्ने व्यवस्था गर्ने कि प्रतिशत तोक्ने भन्ने विवाद छ ।

बैठकमा सांसदहरुले सङ्क्रमणकालीन न्यायका लागि कानुन ल्याउन धेरै ढिलाइ गर्न नहुने, सबै पीडितले न्याय पाउने गरी कानुन बनाउनुपर्ने तथा न्याय र परिपुरणका विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार