मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

सचेतनामुलक कार्यक्रम गरी बाँकेमा विश्व रक्तदाता दिवस मनाइँदै

यूथ टुडे समाचारदाता 3655+ समाचार ( )
३२ जेठ २०८१, शुक्रबार

बाँके  । विश्व रक्तदाता दिवस आज बाँकेमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यवाद दिनका लागि नै विश्व रक्तदाता दिवस मनाउने गरिन्छ ।

यस वर्ष ‘ दान मनाउने २० वर्ष: रक्तदाताहरूलाई धन्यवाद !’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ । नाराले जीवनपर्यन्त रगतको आवश्यकता पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गर्ने व्यक्तिहरूलाई धन्यवाद दिएर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाएको छ । यसले नियमितरुपमा रगत र प्लाज्माको दानमार्फत दिगो र सुरक्षित आपूर्तिको महत्वबारे समेत चर्चा गरेको छ । 

दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँके र स्वास्थ्य सेवा समितिले चेतनामूलक कार्यक्रमको आयोजना गरेको रेडक्रसका सभापति गोवर्धन सिंह सम्झनाले जानकारी दिनुभयो । “रक्तदाता अभिमुखीकरण, रक्तदाता सम्मानलगायतका कार्यक्रम आयोजना गरेका छौँ”, उहाँले भन्नुभयो, “अस्पतालमा रगतको व्यवस्थापनमा असहज र रक्तदातालाई प्रोत्साहन गर्न नसक्नु अहिलेको चुनौती हो ।”

दिवसको अवसर पारेर प्रजातान्त्रिक उद्योग व्यवसायी संघ,रक्तदाता समाज, ब्लड डोनर ग्रुपले छुट्टा छुट्टै रक्तदान कार्यक्रमको आयोजना गरेको प्रादेशीक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताउनु भयो । 

यस दिनलाई मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ । पहिलो विश्व रक्तदाता दिवस सन् २००४ मा मनाइएको थियो भने सन् २००५ मा ५८औँ विश्व स्वास्थ्य सभाद्वारा वार्षिक विश्वव्यापी कार्यक्रमको रुपमा नामकरण गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार