मुख्य समाचार
बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग |

१० दिने सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

यूथ टुडे समाचारदाता 3559+ समाचार ( )
लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा बिरमी चन्द्र फाउन्डेसनको आयोजनामा नेपालगन्जमा १० दिने सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि तालिम बिहिबार सम्पन्न भएको छ ।
७ वैशाख २०८०, बिहीबार

बाँके ।  लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा बिरमी चन्द्र फाउन्डेसनको आयोजनामा नेपालगन्जमा १० दिने सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि तालिम बिहिबार सम्पन्न भएको छ ।

फाउण्डेशनका संरक्षक तथा लुम्बिनी प्रदेश सांसद कृष्णा के.सी. नमुनाको प्रमुख आतिथ्यमा प्रशिक्षार्थी तथा प्रशिक्षकहरुलाई प्रमाणपत्र दिएर कार्यक्रम समापन गरिएको हो ।

४० जना सञ्चारकर्मी सहभागी रहेको उक्त तालिममा मुख्य प्रशिक्षकको रुपमा बरिस्ठ पत्रकार हेमन्त कर्मचार्य, बरिस्ठ पत्रकार, डिल्ली बिसी., विजय वर्मा, गोविन्द प्रसाद पाण्डे, कुल बहादुर भण्डारी, सिराज खान, शंकर खनाल, रुद्र सुवेदी, डक्ट प्रसाद धिताल, आलम खान लगायतले प्रशिक्षण दिएको बिरमी चन्द्र फाउन्डेसन नेपालका अध्यक्ष डा. डक्ट प्रसाद धितालले बताउनुभयो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद नमुनाले पित पत्रकारिता कही कतै गरिरहेको पाइएकोले त्यस्तो पत्रकारिता नगरी खोजमुलक, निष्पक्ष रुपमा गर्न प्रशिक्षार्थी पत्रकारहरूलाई अनुरोध गर्नु भएको थियो ।

बिरमी चन्द्र फाउन्डेसनका सचिव तिलक परियारले सञ्चालन गरेकोे कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष, बिरमी चन्द्र फाउन्डेसनका उपाध्यक्ष आलम खान, जिल्ला हुलाक कार्यालयका प्रमुख गोविन्द प्रसाद पाण्डे, मुख्य प्रशिक्षक हेमन्त कर्माचार्य, प्रमुख अतिथि कृष्णा के.सी. नमुना लगायतले मन्तव्य राख्नु भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार