मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

बाँके जिल्लाबाट एक जना विद्यार्थीले मात्र चार जिपिए ल्याए

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
१४ असार २०८२, शनिबार

बाँके । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बाँके जिल्लाबाट एक जना विद्यार्थीले मात्र चार जिपिए ल्याउन सफल भएका छन्। जिल्लाबाट यस पटक ६२ दशमलव २३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईंका अनुसार जिल्लाबाट सात हजार नौ सय २१ जना विद्यार्थीले परीक्षा दिएकोमा चार हजार नौ सय २९ जना विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा दुई हजार ९ सय ९२ विद्यार्थी अनुत्तीर्ण भएको इकाइले जनाएको छ।

बाँके जिल्लामा चार जिपिए ल्याउने एक जना मात्र विद्यार्थी कोहलपुरस्थित बालविद्या स्कुलकी छात्रा सृजना डिसी रहनु भएको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख चौलागाईंले बताउनुभयो।

बाँके जिल्लामा ३.६१ देखि ४ जिपिए ल्याउने ६ सय ४२ जना, ३.२१ देखि ३.६० जिपिए ल्याउने एक हजार छ सय ७ जना, २.८१ देखि ३.२० जिपिए ल्याउने एक हजार ४ सय ९८ जना, २.४१ देखि २.८० जिपिए ल्याउने एक हजार ४७ जना र २.०० देखि २.४० जिपिए ल्याउने १३५ जना विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेले जनाएको छ।

ग्रेड बृद्धिका लागि परीक्षा दिएका दुई हजार ४३ जना मध्ये एक हजार ४३ जना उत्तिर्ण भएका छन्।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार