मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
७ वैशाख २०८३, सोमबार

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग गरेको छ। पदमा रहँदा निष्पक्ष छानबिन नहुने बताउँदै जेनजी मुभमेन्टले गृहमन्त्री गुरुङलाई बर्खास्त र पक्राउ गरी निष्पक्ष छानबिन अघि बढाउन माग गरेको हो।

पदमै बसेर छानबिन गर्नु सम्भव नभएको बताउँदै 'कन्फ्लिक्ट अफ इन्ट्रेष्ट' हुने र यसले न्याय प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाउने तर्क गरिएको छ। जेनजी मुभमेन्ट, नेपालका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा मन्त्री पदको ओहदामा रहेर आफ्नैविरुद्ध छानबिन हुन नसक्ने र यो आधारभूत नैतिकता र कानुनी सिद्धान्तविरुद्ध रहेको बताइएको छ।

त्यसैगरी, बालेद्र शाह नेतृत्वको सरकारलाई लक्षित गर्दै मुभमेन्टले क्याबिनेट गठन र मन्त्री नियुक्तिमा परिपक्वता, दूरदर्शिता र जवाफदेहिता देखाउन आग्रह गरेको छ। हचुवाको भरमा मन्त्री नियुक्त गर्ने र हटाउने प्रवृत्ति अस्वीकार्य रहेको पनि वक्तव्यमा उल्लेख छ।

मुभमेन्टले वर्तमान सरकारलाई '७६ जना शहीदहरूको बलिदानबाट प्राप्त जनादेशको प्रतिनिधि' भन्दै जनताको त्यागमाथि सस्तो राजनीति नगर्न चेतावनी दिएको छ। सुशासन, पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता स्वीकार्य नहुने समेत उल्लेख गरिएको छ।

'क्याबिनेटमा कसलाई लैजाने भन्ने निर्णय गम्भीर राजनीतिक र नैतिक निर्णय हो। हचुवाको भरमा मन्त्री नियुक्त गर्ने, फेरि हटाउने कच्चा र अमर्यादित खेल अब अस्वीकार्य छ। जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता देखाउनै पर्छ,' विज्ञप्तिमा भनिएको छ, 'यो कुनै साधारण सरकार होइन। यो ७६ जना शहीदहरूको रक्तबलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व हो। जनताको त्याग र बलिदानमाथि सस्तो राजनीति गर्ने अधिकार कसैलाई छैन। सुशासन, पारदर्शिता र जवाफदेहिताको मामिलामा कुनै किन्तु–परन्तु, सम्झौता वा ढिलासुस्ती स्वीकार्य हुन सक्दैन।'

मुभमेन्टले न्याय प्रक्रिया स्वतन्त्र, निष्पक्ष र दबाबमुक्त हुनुपर्ने र दोषी जो–कोही भए पनि कानुनको कठघरामा उभिनै पर्ने भनाइ राख्दै पद, शक्ति वा राजनीतिक संरक्षणले कसैलाई पनि उन्मुक्ति दिन नसकिने र जनताको आशा र शहीदहरूको सपनासँग खेलबाड गर्न नापाइने चेतावनी दिएको छ।

विवादास्पद व्यापारी दीपक भट्टसँग गृहमन्त्री गुरुङको साझेदारी रहेको विषय बाहिरिएपछि उनी अहिले विवादमा छन‍्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार