मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

जसपा र एमालेका तर्फबाट निर्वाचित वडा अध्यक्षहरुले गर्दा डुडुवाको सेवा सुबिधा ठप्प

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
डुडुवाको लागि कुनै पनि राजनीतिक दलका बिकास पुरुष जस्तो मान्छे भेटाएको छैन उहाँले भन्नुभयो ।
२९ कार्तिक २०७९, मङ्गलबार

बाँके । बाँकेको सबै स्थानीय पालिकामा नगरसभा, गाउँसभा बसी बजेट बाँडफाँड गरेर बिकास पुर्वाधारको काम अगाडि बढाईसक्दा पनि डुडुवा गाउँपालिकामा भने गाउँसभा समेत हुन सकेको छैन ।

डुडुवा गाउँपालिकामा गाउँसभा र कार्यपालिका बैठक अबरुद्ध भएपछि त्यहाँका जनताले गाउँपालिकाबाट पाउने सेवा सुबिधाबाट बञ्चित हुनुपरेको छ ।

केही राजनीतिक दलका व्यक्तिहरुका कारण बारम्बार गाउँसभा तथा कार्यपालिकाको बैठक अबरुद्ध भएपछि डुडुवाका जनता गाउँपालिकाबाट पाउने सेवा सुबिधाबाट बञ्चित हुनुपरेको गाउँपालिकाको अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनुभएको छ ।

मंगलवार नेपालगन्जमा गरिएको पत्रकार भेटघाट कार्यक्रम मार्फत गाउँपालिकाका अध्यक्ष चौधरीले राजनीतिक दलका व्यक्तिहरुका कारण बारम्बार गाउँसभा तथा कार्यपालिकाको बैठक अबरुद्ध भएकोले डुडुवाका जनता गाउँपालिकाबाट पाउने सेवा सुबिधाबाट बञ्चित हुनुपरेको बताउनुभएको हो ।

बारम्बार गाउँसभा अबरुद्ध हुने समस्याबाट त्यहाँका कार्यालय कर्मचारी, बिद्यालयका कर्मचारी लगायत जनता स्वंमले सास्ती खेप्दै आउनुपरेको उहाँले बताउनुभयो ।

जनताले दैनिक सेवा लिदै आएको पशु स्वास्थ्य सेवा, जेष्ठ नागरिक सुरक्षा भत्ता, एम्बुलेन्स सेवा लगायतका सेवा गाउँसभा अबरुद्ध भएपछि ठप्प भएको गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो ।

भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा जनताले सहि जनप्रतिनीधि चुन्न नसकेर गाउँपालिकाबाट पाउने सेवा सुबिधाबाट बञ्चित हुनुपरेको उहाँले दाबी गर्नुभयो । राजनीति दलका व्यक्तिले गाउँसभा र कार्यपालिका बैठकलाई अबरुद्ध गराएकोले गाउपालिकाको बजेटमा १० प्रतिशत अर्थात २ करोड ५० लाख बजेट कटौती भएर आउने उहाँले जानकारी गराउनुभयो ।

सिस्टमलाई नै परिर्वन गर्ने राजनीतिक दलका व्यक्तिहरुका कारण गाउँपालिकाबाट पाउने सेवा सुबिधाबाट बञ्चित हुनुपरेको बताउँदै डुडुवाको लागि कुनै पनि राजनीतिक दलका बिकास पुरुष जस्तो मान्छे भेटाएको छैन उहाँले भन्नुभयो ।

पालिकामा वारम्बार अवरोध पु¥याएको कारण सम्पुर्ण कार्यमा अवरोध भैरहेको छ यसमा म लगायत मेरा सम्पुर्ण पालिकाका जनता दुखी भएका छन उहाँले भन्नुभयो ।

जनता समाजवादी पार्टी र एमालेका वडा अध्यक्षले गर्दा पालिकामा हुने काममा बाधा पु¥याएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार