मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

माओबादी नेतृ मीना भन्छिन नेतृत्व गर्न दिए नेपालगंज वडा नं.१९ हाँक्न सक्षम छु

महमूद आलम खान 1133+ समाचार ( )
स्थानीय तहको आसन्न निर्वाचनमा बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. १९ को अध्यक्ष पदमा मीना कुमारी मल्ल पुन को उम्मेदवारीको चर्चा चलेसँगै वडावासीहरू उत्साहित भएका छन् ।
९ वैशाख २०७९, शुक्रबार

 बाँके । स्थानीय तहको आसन्न निर्वाचनमा बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. १९ को अध्यक्ष पदमा मीना कुमारी मल्ल पुन को उम्मेदवारीको चर्चा चलेसँगै वडावासीहरू उत्साहित भएका छन् ।

लामोसमयदेखि समाजिक एवं राजनीतिक क्षेत्रमा कृयाशील भई जनताहरूमाझ लोकप्रियता कमाएकी मीना कुमारी मल्ल पुनलाई नेकपा माओबादी केन्द्र पार्टीको तर्फबाट नेपालगंज १९ को वडा अध्यक्ष पदमा टिकट दिइने हो भने लोकप्रियताको आधारमा उनले चुनाव जित्न सक्ने संभावना धेरै नै रहेको स्थानीय वडावासीहरू बताउँछन् ।

मीना माओबादी पार्टीभित्र मात्र नभई स्थानीय स्तरमा सबैमाझ लोकप्रिय अनुहार भएकाले वडा अध्यक्षको उम्मेदवार बनाउनु पर्ने स्थानीयहरु बताउँछन् ।

माओबादीले नातावाद, कृपावाद, व्यक्तिगत लविङ इत्यादीलाई महत्व नदिई दक्ष एवं जनतामाझ लोकप्रिय र साझा व्यक्तित्व, दक्ष, कृयाशील, उच्च इच्छाशक्ति, कार्यक्षमता इत्यादी भएका परिचित उम्मेदवार खडा गर्ने हो भने वडामा माओबादी पार्टीले राम्रो स्थान हासिल गर्न सक्ने दश वर्षीय जनयुद्धका घाईतेहरुको राय रहेको छ ।

विगतको चुनावमा पार्टीले व्यहोर्नुपर्ने हार एवं क्षतिबाट पाठ सिक्दै यहि वैशाख ३० गते हुन लागेको चुनावमा टिकट वितरण गर्दा अति नै गम्भीर भएर निर्णय लिनुपर्ने माओबादी कार्यकर्ताहरु बताउँछन् ।

गठनबन्धन भएर चुनाब हुने भए पछि माओबादीबाट नेपालगंजको मेयरका उम्मेदवार नन्दलाल पार्टीको भागमा मेयर नपरे पछि पदको स्वार्थमा लिप्त भएर पार्टीलाई त्याग्दै राप्रपा प्रबेश गरे पछि माओबादी पार्टी यति बेला गम्भीर छलफलमा जुटेको छ । 

वडा नंं. १९ बाट माओबादी पार्टीले मिना र अधिकृतबाट अवकास भएर आएका सम्भुनाथ योगीको नाम वडा अध्यक्षमा सिफारीश गरे पनि स्थानीयले पुरानो कार्यकर्तालाई टिकट दिन माग गरेका छन् । 

‘जनताको सेवा गरेको लामो अनुभव छ, आसन्न स्थानीय तहको निर्वाचनमा नेपालगंज १९ को वडा अध्यक्षमा उठ्ने मेरो पनि इच्छा छ,’ उनले भनिन् । नगर कमिटीले सरकारी नौकरीबाट अवकास भएर आएका योगीको नाम र मेरो नाम वडा अध्यक्षका लागि सिफारीश गरेको छ । 

‘मेरो एकपटक अध्यक्ष भएर वडा हाँक्ने इच्छा छ, पुरुषलाई मात्र प्रमुख पदमा पुर्याउने तर महिलालाई वडा सदस्यमा मात्रै दिने पार्टीको संस्कारलाई सुधार गर्न आवश्यक छ । महिला पनि वडा अध्यक्ष बन्न पाउनुपर्छ भन्ने मेरो माग हो,’ उनले भनिन् । 

‘मैले वडा अध्यक्ष पद पाए जिल्लाको नमुना वडा बनाउन सक्छु, महिलामा पनि क्षमता छ भनेर देखाउन मन छ,’ मीनाले भनिन्, ‘नेतृत्वले अवसर दिँदैन, महिलालाई वडा सदस्यमै सीमित गर्ने प्रवृत्ति छ । सदस्य पद महिलाका लागि मात्रै हो भन्ने बुझाइ छ, यो गलत हो । महिलालाई पनि प्रमुख जिम्मेवारी दिनुपर्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार