मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

चुनाब हारे तर जनताको मन जिते शम्भु नाथ योगी

महमूद आलम खान 1133+ समाचार ( )
योगीले आफूसँगै निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएका नेपाली कांग्रेसका उम्मेदवार प्रशुराम बर्मालाई विजयी भएकोमा बधाई मात्रै दिनुभएन, बर्माको जित जनताको जीत भएकोमा खुशी व्यक्त गरे ।
२ जेठ २०७९, सोमबार

बाँके । सामान्यतः निर्वाचनमा पराजित भएपछि नेपालमा उम्मेदवारहरुले भन्ने गर्छन्, ‘जालझेल गरेर हराइयो । ’ नेपालमा राजनीतिक संस्कार र संस्कृतिको विकास हुन सकेको छैन ।

धाँधली, जालझेल तथा अनियमितताका आधारमा निर्वाचन जितेको जनाउँदै हार्नेले जित्नेलाई सत्तोसराप गर्ने संस्कृति हट्न सकेको छैन, जबकि संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिका उम्मेदवारले हार्ने निश्चित भएपछि तुरुन्तै विजयीलाई बधाई दिने चलन छ ।

नेपालमा पनि केही नेता यस्ता देखिएका छन्, जसले राजनीतिक संस्कार मात्रै होइन, आफ्ना प्रतिस्पर्धी उम्मेदवारलाई आधिकारिक रुपमा विजयी हुनुभन्दा पहिल्यै गएर खादा ओढाई बधाईसमेत दिएको पाइएको छ ।

बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं १९ मा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार शम्भु नाथ योगीले यस्तो राम्रो संस्कार देखाए ।

योगीले आफूसँगै निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएका नेपाली कांग्रेसका उम्मेदवार प्रशुराम बर्मालाई विजयी भएकोमा बधाई मात्रै दिनुभएन, बर्माको जित जनताको जीत भएकोमा खुशी व्यक्त गरे ।

मतगणना हुँदै गर्दा धाँधली भएको भन्दै नेपालगञ्जमा नै केही उम्मेदवार पुनः मतगणना माग गर्दै निवेदन लिएर हिँडिरहेका बेला नेपालगञ्ज १९ मा माओवादी उम्मेदवार योगीले देखाएको राजनीतिक संस्कार तथा सौहार्द अरुका लागि समेत अनुकरणीय बन्न पुगेको छ । 

स्वच्छ राजनीतिक प्रतिष्पर्धा गर्छौं भन्दै सार्वजनिक रुपमा नै प्रतिबद्धता जनाएनुभएका दुवै उम्मेदवारले नेपालगञ्जमा देखाएको संस्कार अरु उम्मेदवारले पनि सिक्नु जरुरी छ ।

नेपालगञ्ज–१९ बाट नेपाली कांग्रेसबाट उम्मेदवार बनेका बर्मा ६ सय ३३  मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी उम्मेदवार योगी ४ सय १७ मत प्राप्त गरे ।

‘हामीले हार्दा पनि जित्दा पनि सहज रुपमा लिन सक्नुपर्छ । नेपाली जनताले फैसलालाई स्वीकार गर्नुपर्छ भन्ने संस्कार सिकाउन नै मैले प्रशुराम जिलाई बधाई दिएको हुँ’, योगीले मतगणनास्थल बाहिर युथ टुडेलाई बताए ।

योगीको अनुहारमा हारको कुनै चिन्ता थिएन, उहाँले आफूलाई जनताले दिएको अभिमतको कदर गर्ने बताउदै अबको पाँच बर्ष जनताको सेवामा समर्पित हुने योगीको भनाई थियो । 

नेकपा माओवादी केन्द्र कि नेतृ एंव नेपालगञ्ज १९ कि इन्चार्ज मिना मल्लले वर्माको जित प्रजातान्त्रिक पद्धतिको जित भएको बताए । उनले भने ‘समृद्ध नेपालगञ्ज १९ बनाउन यो जीत सार्थक होस् ।’ शुभकामना व्यक्त गर्दछु । नेतृ मल्लले ‘प्रजातान्त्रिक पद्धतिमा हारजीत स्वाभाविक हो । एक अर्काले कसैलाई पनि मन दुखाउने काम गर्नुहुँदैन । यसलाई मनन गर्नुहोला । नेपालगञ्ज १९ को विकास र समृद्धिमा सहकार्य गरेर अगाडि बढौँ ।’

उनले माओवादी केन्द्रका तर्फबाट उम्मेदवार शम्भु नाथ योगीलाई मतदान गर्ने नेपालगञ्ज १९ वडावासीप्रति सदैव कृतज्ञ रहने बताउँदै सुखदुःखमा सधैँ साथ दिने प्रतिज्ञा गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार