मुख्य समाचार
ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम | नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह |

सिकलसेल एनिमिया उपचार केन्द्र तत्काल संचालन गर्न मन्त्री हिमालको निर्देशन

महमूद आलम खान 1133+ समाचार ( )
उपचार केन्द्र बन्द गरेर विरामीलाई उपचारबाट बञ्चित गराउनेलाई माफी दिन सकिदैन मन्त्री हिमाल
२४ कार्तिक २०७८, बुधवार

बाँके । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा (हिमाल) ले बाँके जिल्लाको राप्ती सोनारी, नरैनापुर गाउँपालिकाको अनुगमन पश्चात बुधबार भेरी अस्पतालको निरीक्षण गर्नु भएको छ ।

नेपालगन्जस्थित भेरी अस्पतालको सिकलसेल एनिमिया उपचार केन्द्र बन्द भएको जनगुनासो आएपछि मन्त्री हिमालले बन्द हुनुको कारण बारेमा जानकारी लिनु भएको थियो ।

सिकलसेल एनिमिया फोकल पर्सन बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेको भरतपुर अस्पतालमा सरुवा भएपछि उक्त केन्द्र अलपत्र परेको हो । डा. पाण्डे भेरी अस्पतालमा फिर्ता भए पनि कोठा अभावमा सिकलसेलका विरामी उपचार तथा परामर्शबाट बञ्चित भएको सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभुराम थारुले बताउनुभयो । ‘डा. पाण्डे फर्किर आउँदा उपचार केन्द्र बन्द भइसकेको थियो । केन्द्रमा राखिएको साइनबोर्ड समेत हटाइएको थियो,’ उहाँको भनाइ थियो ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर चन्दलाई भेटेर मन्त्री हिमालले सिकलसेल एनिमिया उपचार केन्द्र तत्काल संचालनमा ल्याउन निर्देशन दिनु भएको छ ।

मन्त्री हिमालले एक जना चिकित्सकको सरुवा हुने वित्तिकै उपचार केन्द्र बन्द हुनु दुर्भाग्य भएको बताउँदै उहाँले विरामीको मागलाई मध्यनजर गरि तत्काल संचालनमा ल्याउन मेसु डा. चन्दलाई निर्देशन दिनु भयो । ‘जे भयो एकदमै नराम्रो भयो । सिकलसेलका विरामीको समस्यालाई मध्यनजर गरि एउटा कोठाको ब्यवस्था गरेर भए पनि उपचार केन्द्र संचालनमा ल्याउनु पर्छ,’ मन्त्री हिमालको भनाइ थियो ।

मन्त्री हिमालले सिकलसेलसँगै थाल्सेमियाका विरामीलाई पनि उपचारमा सहयोग गर्न सुझाव दिनु भएको थियो । भेरी अस्पताल सिकलसेल एनिमियाका विरामीको रेफ्रल सेन्टर हो । उपचार केन्द्र बन्द गरेर विरामीलाई उपचारबाट बञ्चित गराउनेलाई माफी दिन सकिदैन,’ उहाँले भन्नुभयो, ‘विरामीको सहजताका लागि साइनबोर्ड राखेर तत्काल उपचारको ब्यवस्था मिलाउनु पर्छ ।’

मन्त्री हिमालसँगको छलफलमा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दले कोभिडका विरामीको चाप र भवन अभावका कारण सिकलसेल उपचार केन्द्र बन्द भएको बताउनु भएको थियो । उहाँले सिकलसेल एनिमिया उपचार केन्द्र भएको ठाउँमा पिसिआर ल्याव स्थापना भएको बताउँदै कोठाको ब्यवस्था गरि तत्काल संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो । ‘सुनियोजित र उपचार नगर्ने मनसायले बन्द गरिएको होइन । ठाउँ र जनशक्ति अभावले उपचार केन्द्रको काम प्रभावित भएको हो,’ उहाँले भन्नुभयो, ‘भवनको ब्यवस्था गरेर तत्काल संचालनमा ल्याइने छ ।’

लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना) ले पनि सिकलसेल एनिमिया उपचार केन्द्र बन्द हुनु दुर्भाग्य भएको बताउनुभयो। उहाँले जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेलका विरामीलाई उपचार तथा परामर्शबाट बञ्चित गर्न नहुने भन्दै उपचार केन्द्र तत्काल संचालनमा ल्याउन अस्पताल प्रशासनलाई सुझाव दिनु भएको मन्त्री हिमालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार