मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

गोरखापत्र दैनिकका नेपालगन्जका संवाददाता खान भारतमा सम्मानित

यूथ टुडे समाचारदाता 3556+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

बाँके । गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खानलाई भारतको हिन्दी पत्रकारिता दिवसको अवसरमा भारतको बहराईचमा सम्मानित गरिएको छ ।

हिन्दी पत्रकारिता दिवस २०२४ को अवसरमा कलाम फाउन्डेसन र उत्तर प्रदेश जिला मान्यता प्राप्त एसोसिएसन देविपाटन मण्डलले भारतको बहराईचमा बिहीबार आयोजना गरेको सम्मान कार्यक्रममा समाचारदाता खानलाई सम्मान गरेको हो ।

उक्त अवसरमा जनमत अर्ध साप्ताहिकका सम्पादक पुर्णलाल चुकेलाई पनि सम्मान गरिएको छ। पत्रकार चुके काम विशेषले काठमाडौँमा रहेकोले कार्यक्रममा उपस्थित हुन सक्नुभएन ।

सम्मानित पत्रकारलाई भारतको प्रेस काउन्सिलका पूर्व सदस्य रजा हुसैन रिजवी र हिन्दुस्तान दैनिकका वरिष्ठ पत्रकार भागवत शुक्ला र उत्तर प्रदेश जिल्ला मान्यता प्राप्त एसोसिएसन देविपाटन मण्डलका अध्यक्ष सैय्यद शादाब हुसैनले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेर सम्मान गर्नुभयो ।

सो अवसरमा हिन्दी पत्रकारिताको अवस्था विकास र चुनौतीका बारेमा डेढ दर्जन बढी पत्रकारले आआफ्नो धारणा राख्नु भएको थियो।

कार्यक्रममा सहभागी अधिकांश पत्रकारले निर्भीक र निष्पक्ष पत्रकारितामा जोड दिनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार