मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

सरकारी अनुदानको मल नरैनापुरको सहकारीले बेचेको अनुगमन टोलीको निष्कर्ष

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
१३ माघ २०८०, शनिबार

बाँके । नेपाल सरकारद्वारा अनुदानमा किसानलाई बिक्री गर्ने मलमा दुरुपयोग भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा किसानलाई बिक्री गर्ने मलमा दुरुपयोग भएको पाइएको हो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादर गुरुङको नेतृत्वमा वाणिज्य कार्यालय, कृषि ज्ञान केन्द्र, कृषि सामग्री कम्पनीका प्रमुखसमेतको सहभागितामा गरिएको अनुगमनमा बाँकेको नरैनापुरस्थित राप्ती कृषि सहकारी संस्था लिमिटेड मटैयाको आकस्मिक अनुगमन गर्दा कैफियत भएको पाइएको छ ।

नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते दुई सय बोरा नेपाल सरकारबाट प्राप्त युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरा फेला परेको छ । सप्रजिअ गुरुङका अनुसार छ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको पाइएको छ भने बाँकी हुनुपर्ने एक सय ३० बोरा अनुदानको युरिया मल बाटोबाट नै गायब भएको छ ।

सो सहकारीले प्रचलित कानुनविपरीतको कार्य गरेको पाइएकाले उपभोक्ता हित संरक्षण ऐनबमोजिम रु दुई लाख जरिवाना गरी गोदाममा रहेको ६४ बोरा अनुदानको मल हाललाई शिल गरी गायब भएको एक सय बोरा मलका विषयमा सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन सहकारीका अध्यक्ष सालिक राम शाहुलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार