मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

नरैनापुरमा नेपाली सेनाको निःशुल्क शिविर, साढे छ सय जनाले पाए उपचार

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
१३ असार २०८१, बिहीबार

बाँके । नेपाली सेनाको श्री बज्र दल गणद्धारा आयोजित स्वास्थ्य शिविरबाट साढे छ सय जना स्थानीयवासी लाभान्वित बनेका छन् । बाँकेको नरैनापुर गाउँपालिकाको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आज बिहिबार नेपाली सेनाको श्री बज्र दल गणको आयोजनामा सञ्चालित शिविरमा छ सय ७० जना लाभान्वित भएका हुन् । 

श्री बज्र दल गणको आयोजनामा र नरैनापुर गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन गरिएको थियो । स्वास्थ्य शिविरमा भेरी अस्पताल, नेपालगंज मेडिकल कलेज, नेपालगंज आँखा अस्पताल, शाही डेण्टल क्लिनिक, आइएचआरसी, सैनिक अस्पताल नेपालगंज र नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाबाट खटिएको १६ जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य लगायतका सेवाहरु प्रदान गरेको थियो । 

दुर्गम स्थानमा रहेका नागरिकहरुलाई आधारभूत स्वास्थ्य सुविधा पु¥याउने उद्देश्यले गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको माग र आवश्यकताको आधारमा आयोजित शिविरमा मेडिकलतर्फ महिला ३३८, पुरुष २८२ र बालबालिका ५० जना गरी जम्मा छ सय ७० स्थानीयवासी लाभान्वित भएको बज्र दलका गणपति रबिन श्रेष्ठले बताउनु भयो । 

एकदिने शिविरमा मेडिकलतर्फ जनरल ओपिडी, हार्डजोर्नी, मनोरोग, दन्तसेवा, आँखा परीक्षण, ल्याव, युएसजी, स्त्री रोग लगायत सेवाहरु उपलब्ध गराइएको थियो । जनरल ओपिडीतर्फ ग्यास्ट्रिक, सुगर, प्रेसर, छाला तथा स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीहरु भेटिएको हुँदा उपचार तथा परामर्श सेवा दिएको नेपालगंज मेडिकल कलेजका निर्देशक डाक्टर रोमन केदवाईले बताउनु भयो ।

शिविरको समापन गर्दै नेपाली सेनाको श्री नं ४ बाहिनी अड्डाको सहायक रथी रोशन शम्सेराणाले नेपाली सेनाको जनहित कार्य सञ्चालन निर्देशिका–२०७७ अन्तर्गत विभिन्न दुर्गम स्थानमा माग र आवश्यकताअनुसार विपन्न, सिमान्तकृत र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई लक्षित गरेर शिविर आयोजना गर्ने गरिएको जानकारी दिनुभयो ।

नरैनपुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नेपाली सेनाको आयोजनामा सञ्चालित स्वास्थ्य शिविरले स्थानीयवासीको स्वास्थ्य अवस्था सुधारमा सहयोग पु¥याउने बताउनुभयो ।

शिविरमा नेपाली सेनाका एक दर्जन बढी स्वास्थ्यकर्मी परिचालन गरिएका थिए भने ६० प्रकारको औषधि ल्याइएको थियो ।

निशुल्क स्वास्थ्य जाँच र औषधि गरिने थाहा पाएपछि १ घण्टा पैदल यात्रा गरेर यहाँ पुगेको नरैनापुर गाँउपालिका– ६ कि ७० वर्षीया निशादर पठानिनले बताउनु भयो ।

लामो समयदेखि शरीर र छाती दुख्ने समस्याले उपचार शिविरमा पुगेकी हुँ । “आर्थिक अभावले उपचार गराउन नसकेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो,“यहाँ आएर निशुल्क जाँच गर्न तथा औषधि पाउँदा खुशी लाग्यो,” ।

कार्यक्रमको अवसरमा स्वास्थ्य शिविर सञ्चालन गर्न सहयोग पु¥याउने स्वास्थ्यकर्मीहरु डा. रोमन केदवाई, डा.कमर जहा, डा.रहुल कुर्मी,डा.अनुप सिंह रनहनेत्रा, डा.नइमुद्दीन अन्सारी, डा. मनिष कोलाक्षपति डा. अस्मिता गौतम, पंकज त्रिपाठी र डा. सिर्जु पोखरेल, करिस्मा शाही लगायतलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो । साभारः रेडियो नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार