बाँके । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य इस्तियाक अहमद शाहले पार्टी विभाजन पछि पार्टी प्रति जनसमर्थन बढदै गएको बताउनु भएको छ ।
जसपा नेपाल विभाजन भए पछि पहिलो पटक बाँकेमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै शाहले पार्टीप्रति प्रष्टरुपमा जन समर्थन रहेको बताउदै उहाँले मधेश आन्दोलनको मुद्दालाई ओझेल पर्न नदिने दाबी गर्नु भयो ।
प्रभावमा परेर चोइटीएर गएकाहरुबाट पार्टीलाई कुनै असर नगर्ने टिप्पणी गर्दै उहाँले ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरिन’ उखान जस्तै केही साथीहरु प्रभावमा परेर चोइटीएको भनाई राख्नु भएको थियो । केन्द्रीय सदस्य शाहले मधेश आन्दोलनमा शहिद भएका गुलजार खाँको छोरालाई पढाउन आफूले जिम्मेवारी लिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
यस्तै प्रशिक्षण कार्यक्रममा बोल्दै जसपा नेपालका केन्द्रीय सदस्य अम्बीका काफलेले जसपासंग जनता र जनतासंग जसपा नेपालरहेको बताउदै जनताको समस्यालाई समाधान गर्न आफू तयार रहेको जिकिर गर्नु भयो । उहाँले पार्टी विभाजन भए पछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोक बहादुर महराले उर्जा मन्त्रालयको सपथ गर्न आउन आग्रह गरे पनि पार्टीको सिपाही भएको नाताले म मन्त्री पद नलिएको बताउदै पार्टी प्रति वफादार भएर लाग्ने दाबी गर्नु भयो । उहाँले जसपा नेपालबाट विभाजित भएको पार्टीले पैसा र पदको प्रलोभन दिएर पार्टी छोडन दबाब दिए पनि आफू बिचलित नभएको बताउदै कार्यकर्ताहरुलाई प्रतिबद्ध भएर लाग्न अपिल गर्नु भयो ।
यसैगरी जसपा नेपाल बाँकेका अध्यक्ष एंव केन्द्रीय सदस्य कमरुद्दीन राईले इश्तियाक राईलाई आफूले राजनितिमा स्थापित गरेको दाबी गर्दै उहाँले इश्तियाक राईलाई नेता बनाउन आफू करोडपतिबाट सडक छाप बनेको बताउनु भयो । जसपा नेपालले बोल्न नसक्नेहरुलाई बोल्न सक्ने बनाएकोले मधेशको मशीही उपेन्द्र यादवको नेतृत्वमा नै आफूहरु रहने दाबी गर्दै भन्नुभयो, उपेन्द्र यादव संग विभाजित भएहरुको अस्तित्व समाप्त भईसकेको नजिरहरु प्रशस्त रहेकोले हालै विभावित भएकाहरुलाई पुरानै घर फर्किएर आफनो राजनितिलाई मजबुत बनाउन अपिल गर्नु भयो ।
कार्यक्रम किसान महासंघका अध्यक्ष श्रवण यादव, पूर्व केन्द्रीय सदस्य अजय श्रीवस्तव, जसपा नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राजन राना मगर,जसाप नेपालका नेता गुलाम हुसेन हल्वाई लगायतले बोल्नु भएको थियो ।