मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

लुम्बिनी प्रदेशका संचारमन्त्री हिमालले गरे राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको निरिक्षण

महमूद आलम खान 1133+ समाचार ( )
राप्ती सोनारीमा टेलिकमको टावर जडान गर्ने मन्त्रीको प्रतिबद्धता
२३ कार्तिक २०७८, मङ्गलबार

नरैनापुर । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलक शर्मा हिमालले मंगलवार बाँकेको नरैनापुरको नेपाल भारत सीमानाका सुईया लगायत बिभिन्न वडाको निरीक्षण गर्नु भएको छ । उहाँले नरैनापुर गाउँपालिका नागरिकहरुको अवस्था बुझ्नुका साथै सुरक्षाकर्मीहरुसंग छलफल समेत गर्नु भएको थियो । 

प्रदेश सभाका सभासद कृष्णा केसी नमुनाको पहलमा नरैनापुर र राप्तीसोनारी गाउँपालिकाको अवलोकन भ्रमणमा गर्नु भएका मन्त्री हिमालले मटैहियामा निर्माण भैरहेको इलाका प्रहरी कार्यालयको भवनको समेत निरिक्षण गरेर गर्नु भएको थियो । 

मन्त्री हिमालले नेकपा माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुलाई समेत भेटेर स्थानीय समस्याका बारेमा छलफल गर्नु साथै नरैनापुरको शिक्षा, स्वास्थ्यलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनु भएको थियो ।

मन्त्री संगै बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारी, राप्ती सोनारी गाउँ पालिका वडा नं ७ का वडा अध्यक्ष रामलखन थारु लगायतको उपस्थिति रहेको थियो । 

मन्त्री हिमालले मंगलवारनै राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ मा पुगेर त्यहाँका सहीद परिवारका समस्या सुन्नुका साथै समग्रमा सो क्षेत्रको शान्ति सुरक्षाको अवस्था पनि बुझ्नु भएको थियो । सो अवसरमा स्थानीय जनताले उक्त क्षेत्रमा नेपाल टेलिकमको मोबाइलको नेटवर्क नलाग्ने गुनासो गर्दै टावर जडान गराउन माग गरेका थिए । 

जनताको मागप्रति आफु सकारात्मक रहेको जनाउँदै प्रदेश सञ्चार मन्त्री हिमालले टावर जडानका लागि प्रतिवद्धता गर्नु भएको थियो ।

नरैनापुर र राप्तीसोनारीको निरिक्षण र अवलोकन भ्रमणमा प्रदेशसभाका सांसद कृष्णा केसी नमुना र नेकपा माओवादी केन्द्रको प्रदेश समिति सचिवालय सदस्य प्रकाश सुवेदी (चन्द्रकान्ता) लगायतका नेताहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार