मुख्य समाचार
दोलखामा बाढीपहिरोमा परी एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा | नरैनापुरका आमाको रोजाइ बन्यो वर्थिङ सेन्टर, सुरक्षित सुत्केरीमा नयाँ कीर्तिमान | नरैनापुर गाउँपालिका बाँकेको सार्वजनिक सुनुवाई सम्पन्न | फाजिल कर्मचारीको व्यवस्थापनपछि रिक्त पदमा लोक सेवामार्फत स्थायी पदपूर्ति गरिने | साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको भीड | हप्तामा दुई दिन बिदाको पुनरावलोकन गर्दै सरकार | महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न | कोलकाताबाट डिएपी मलको ढुवानी सुरु, भोलि १,२५० मेट्रिक टन नेपालमा | काठमाडौँमा लागूऔषध कारोबारीमाथि गोली प्रहार, तीन जना पक्राउ | कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी |

रोल्पामा जिप दुर्घटना हुँदा तिन जनाको मृत्यू

यूथ टुडे समाचारदाता 3503+ समाचार ( )
रोकी राखेको जिप पछाडिबाट सडक मुनि खस्दा १२ जना घाइते भएका हुन् ।
९ कार्तिक २०७९, बुधवार

रोल्पा । रोल्पाको सुलिचौरदेखि गजुल जाँदै गरेको जिप सुलिचौर बजार नजिकै बुधबार दिउँसो पौने ३ बजे दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । रोकी राखेको जिप पछाडिबाट सडक मुनि खस्दा १२ जना घाइते भएका हुन् ।

तिहारमा टीका लगाउन घर र आफन्तको घरमा जान हिँडेका यात्रु चढेको लु १ ज ३२४३ नम्बरको जिप दुर्घटना ग्रस्त भएको प्रहरीले जनाएको छ ।

सुनिलस्मृति गाउँपालिका वडा नंं. ४ सुलिचौरस्थित सेवा केन्द्र नजिकै भएको जिप दुर्घटनामा सुलिचौर बजारमा औषधि पसल गर्दै आएका ६० वर्षीय नारायणप्रसाद रिजालको मृत्यु भएको हो । दुर्घटनामा उनका भाई दाङको घोराही उपमहानगरपालिका बस्ने ५८ वर्षीय विष्णुप्रसाद रिजाल घाइते भएका छन् । यस्तै, दाङ निबासी रोल्पा माइतीघर आएकी ५० वर्षीया फाम्सी केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। जिप सडक बाट करिब १ सय मिटर मुनि खसेको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालका अनुसार गाडी रोकिएको अवस्थामा सामान राख्ने क्रममा दुर्घटनामा परेको हो । गाडीमा १५ जान यात्रु थिए । घाइते १२ जनामध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा रिफर गरिएको सुलिचौरस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक ओमप्रकाश वाग्लेले बताए ।

दुर्घटनामा घाइते हुनेहरुमा रोल्पा सुनिलस्मृति गाउँपालिका-२ खुङ्ग्रीकी ५४ वर्षीया चन्द्रचमन सिंह, (टाउको, शरीरको विभिन्न भागमा चोट), त्यसै ठाउँका ३८ वर्षीया दीपा ठकुरी (हात, खुट्टा र टाउकोमा चोट), १४ वर्षीया नितु सिंह (हात, खुट्टामा चोट), ३१ वर्षीया निलम सिंह (शरीरको विभिन्न भागमा चोट), १० वर्षीया आस्था थापा (टाउको, शरीरको विभिन्न भागमा चोट), ७ वर्षीया स्वस्तिका थापा (टाउको,शरीरको विभिन्न भागमा चोट) छन् ।

यस्तै, घाइतेह हुनेहरुमा सुनिलस्मृति गाउँपालिका -३ मिझिङ गाउँका २४ वर्षीया मेनुका विष्ट (हात,टाउकोमा चोट), ४२ वर्षीया कुशुमा विष्ट (हात,खुट्टा,शरीरको विभिन्न भागमा चोट), दाङ तुलसीपुर उपमहानगरपालिका -१५ डुरुवाकी ४० वर्षीया ईश्वरी थापा (हात,टाउकोमा चोट), सोही गाउँकी ४५ वर्षीया भगवती रिजाल ( हात, खुट्टा, टाउकोमा चोट), घोराही उपमहानगरपालिका -६ की ५० वर्षीया निर्मला शर्मा (शरीरको विभिन्न भागमा चोट), रोल्पा सुनिलस्मृति गाउँपालिका–३ मिझिङका जिप चालक ४८ वर्षीय जितबहादुर विष्ट छन् ।

रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले दुर्घटनाबारे अनुसन्धान थालेको, घाइतेहरूलाई उपचार गर्न लगाइएको र चाडपर्वका बेला सचेत हुन सबैलाई ध्यानाकर्षण गरिएको बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार