मुख्य समाचार
गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने | गृहमन्त्रीको मूल्यांकन गर्ने समय भएको छैन: रवि लामिछाने | नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही |

नेपालको लोकतान्त्रिक आन्दोलन वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर बनेको प्रधानमन्त्री देउवा भनाइ

महमूद आलम खान 1132+ समाचार ( )
चितवनमा एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘हामीबीच नीतिगत विषयमा रहेका विषयका विमतिहरूलाई संविधानले निर्धारण गरेका विधिमार्फत टुंगो लगाउने र त्यसलाई हामीले स्वीकार गर्ने पद्धति बसाल्नुपर्छ ।’
१० मंगशिर २०७८, शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूबीचमा रहेका नीतिगत विमतीलाई संविधानले तय गरेका विधिमार्फत टुंगो लगाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले सबै राजनीतिक दलहरू संवाद गरेर अगाडि बढ्नुपर्ने बताए ।

चितवनमा एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘हामीबीच नीतिगत विषयमा रहेका विषयका विमतिहरूलाई संविधानले निर्धारण गरेका विधिमार्फत टुंगो लगाउने र त्यसलाई हामीले स्वीकार गर्ने पद्धति बसाल्नुपर्छ ।’ सरकार र कांग्रेस ती मूल्य र मान्यतामा प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री देउवाले बताए ।

नेपालको लोकतान्त्रिक आन्दोलन वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर बनेको देउवाले स्मरण गराए । संविधान संस्थागत गर्ने जिम्मेवारी सबै राजनीतिक दलहरूको भएको पनि देउवाले बताए । ‘नयाँ संविधानमार्फत लोकतन्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्न जिम्मेवार राजनीतिक दलको रूपमा जिम्मेवार भूमिका निर्वाह गर्न एमालेलाई आग्रह गर्दछु,’ प्रधानमन्त्री देउवाले भने ।

फरक–फरक विचारका व्यक्तिहरू भएकाले नै विभिन्न राजनीतिक दल भएको तर लोकतान्त्रिक मूल्य र जीवन्ततालाई, व्यक्तिगत स्वतन्त्रताको रक्षा, राष्ट्रिय स्वाधीनता तथा अखण्डतालाई जोगाउनका लागि सबै राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘देश र जनतासँग जोडिएका मूल मुद्दाहरूमा समान धारणा बनाएर सहकार्य गर्नुपर्ने आवश्यक छ,’ उनले भने ।

जनताले विगतमा जस्तो दुःख भोग्न नपरोस् भनेर सबै राजनीतिक दलहरू अगाडि बढ्नुपर्ने प्रधानमन्त्री देउवाको आह्वान थियो ।

कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले नेकपा एमालेसँग वैचारिक दृष्टिकोणमा मतभिन्नता भए पनि लोकतन्त्रको संघर्षमा सँगसँगै रहेको बताएका छन् । उनले नेपालको लोकतान्त्रिक आन्दोलन विभिन्न उतारचढाव पार गर्दै लोकतान्त्रिक गणतन्त्र ल्याएका भन्दै त्यसको रक्षाका लागि दलहरुबीचको सहकार्य आवश्यक भएको बताए ।

उनले दलहरुबीच रहेका मतभिन्नता संविधानले तोकेका विधिअनुरुप टुङ्ग्याउन पर्ने बताए । “यही पद्धति बसाल्नुपर्छ । नेपाली कांग्रेस यो मूल्य मान्यतामा विश्वास राख्छ,” देउवाले भने, “मेरो सरकार यिनै मूल्य मान्यता कायम गर्न लागिरहेको छ । नेकपा एमालेले थिती बसाल्ने क्रममा सरकारलाई पनि साथ दिनुपर्छ ।”

उनले लोकतान्त्रिक संविधानको अक्षर र भावना अनुरुप चल्न कांग्रेस पार्टी तयार रहेको भन्दै सरकार पनि त्यही अनुरुप अघि बढ्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार