मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

गहुँ लगायतका खाद्यवस्तुहरु आयातमा प्रहरीले रोक लगाए पछि नरैनापुरका किसानहरु आक्रोशित

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
ध्यक्ष इस्तियाक अहमद शाहले किसानलाई बिभिन्न बहनामा दुख दिन नहुने बताउदै उनले भारतबाट यदि तस्करी भई रहेको छ भने सिमामा कडाई गर्न प्रजिअलाई सुझाव दिए
८ फाल्गुन २०७९, सोमबार

बाँके । आफूले उत्पादन गरेको गहुँ, धान, तोरी लगायतको समान सदरमुकाम नेपालगंजमा ल्याएर बिक्री गर्न खोज्द बाँके प्रहरीले कम्दी पुलबाट नियन्त्रणमा लिएर भन्सारलाई बुझाउने गरेको भन्दै नरैनापुरका स्थानीयहरु आक्रोसित बनेका छन् । 

सोमबार स्थानीय किसानहरु नरैनापुर गाँउपालिकामा घेरा हाले पछि गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाह संगै किसानहरु नेपालगंज आएर प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा अधिकारीहरु संग छलफल गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्नमा रोक नलगाउन आग्रह गर्दै भारतबाट तस्करी गरी यदि ल्याइएको हो भने सिमामा नै नियन्त्रण गर्न आग्रह गरेका थिए । स्थानीय कृषक मुबारक अली शेखले आफूहरुले उत्पादन गरेको धान, गहुँ बिक्रीका लागि नेपालगंज पुग्नै लाग्द पक्राउ गर्ने प्रहरीहरुले यदि तस्करी कै समान हो भने सिमामा किन पक्राउ गर्दैन ? आफूहरुले उत्पादन गरेको गहुँलगायतका खाद्यवस्तुहरु आफनो देशमा बिक्री नगरेर कहाँ गर्ने ? भारतको सिमामा बसेका कारण हामी मधेशीहरुलाई कहिले सम्म सुरक्षाकर्मीहरुबाट पिडित हुनु पर्ने हो ? आफूहरु बिक्रीका लागि नेपालगंज ल्याएको गहुँलगायतका खाद्यवस्तु भारतीय हो भन्ने प्रमाणित गर्ने आधार के हो ? भन्दै प्रजिअ र सुरक्षा अधिकारीहरु संग प्रश्न गरेका थिए ।  

यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले सहकारी दर्ता गरेर स्थानीय स्तरमा उत्पादन भएको सामान बिक्री बितरण गर्न सुझाव दिएका थिए । प्रजिअ आचार्यले स्थानीय उत्पादनलाई बजार सम्म ल्याउन समस्या नरहे पनि सहरकारी मार्फत कारोबार गरे अझ राम्रो हुने भएकोले कानुनको अधिनमा रही कारोबार गर्न सुझाव दिदै भने दर्ता गर्न १० दिन जति समय लाग्ने भएकोले सो अवधी सम्म प्रहरीले स्थानीय उत्पादनमा कुनै अवरोध नगर्ने अश्वासन दिएका थिए । 

यस्तै नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले किसानलाई बिभिन्न बहनामा दुख दिन नहुने बताउदै उनले भारतबाट यदि तस्करी भई रहेको छ भने सिमामा कडाई गर्न प्रजिअलाई सुझाव दिए । अध्यक्ष शाहले स्थानीय उत्पादनलाई आफनै नेपालमा बिक्री गर्न रोक लगाउनु चिन्ताको विषय भएको बताउदै बाँके प्रशासनलाई जनता प्रति गम्भीर बन्न आग्रह गरे । अध्यक्ष शाहले स्थानीय स्तरमा कृषि प्रवद्र्धनका लागि ऐन, नीति, निर्देशिकाहरू तयार पार्ने,कृषिमा निजी क्षेत्रको लगानी बढाउन निजी क्षेत्र मैत्री नीति बनाउने, निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्न र साझेदारी गर्न सार्वजनिक–निजी–साझेदारी संयन्त्र बनाउने र संयन्त्रमार्फत कृषि उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारमा अवरोधहरू हटाउन र प्रमुख उत्पादन क्षेत्रहरू जोड्न पहल गर्ने बताएका थिए ।

बाँके प्रहरी प्रमुख सन्तोष सिह राठोरले किसान आफै आफूले उत्पादन गरेको गहुँलगायतका खाद्यवस्तुहरु विक्रीका लागि बजार आउने गरेको कुरा आफनो लागि नौलो भएको बताए । उनले कानुनको अधिनमा रही बिक्री गर्न सुझाव दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार