मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

नेपालगञ्जको मेयरका लागि माओवादीबाट ५ जना आकांक्षी

महमूद आलम खान 1133+ समाचार ( )
हाडियाबाबा आश्रमका पुजारी भन्छन् नन्दलाल अयोग्य आकांक्षी
४ वैशाख २०७९, आइतबार

बाँके । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेद्‌वार बन्नका लागि ५ जनाले आकांक्षा देखाएका छन् । 

नेपालगञ्ज उधोग वाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल वैश्य, जनयुद्ध कालका माओवादी योद्धा नबिन शर्मा, होटल व्यवसायी तेजबहादुर रेग्मी, ब्यापारी आदेश अग्रवाल र अर्को टंका धामीले नाम टिपाएका हुन् ।

मेयरका आकांक्षी मध्ये नन्दलाल वैश्य हाडिया बाबा आश्रमका अध्यक्ष हुन । हाडियाबाबा आश्रममा सोलर व्याट्री जडान गर्न नसक्ने अयोग्य व्यक्तिको रुपमा वैश्यले उक्त आश्रममा पहिचान बनाएका छन् । मन्दिरका एक जना पुजारीले भने आश्रममा आर्थिक स्रोत नभएको होइन भएर पनि अयोग्य अध्यक्षका कारण आश्रम कमजोर बन्दै गएको बताए । 

वैश्य निकै व्यस्त मानिएका व्यापारिक हुन उनलाई मेयरको टिकट दिएर जनताको मनोभावना बिपरित हुने आमनागरिकको बुझाइ छ । उनी माओवादी कोटाबाट उधोग बाणिज्य संघ नेपालगञ्जको अध्यक्ष हुँदा समेत माओवादी संग समन्वय नगरि मनोपरी तरिकाले कार्यकाल सम्पन्न गरेको कार्यकर्ताले नै आरोप लगाउदै आएका छन् । 

त्यसैले वैश्य भन्दा राम्रो बिकल्प जनताको पक्षमा बोल्न र गर्न सक्ने योग्य व्यक्ति आदेश अग्रवाल रहेकोले मेयरको टिकट अग्रवाललाई दिन नागरिक स्तरबाट समेत दबाब सुरु भएको छ । 

नविन शर्मा पनि सक्षम उम्मेदवार मध्येका एक हुन । त्यसै तेज रेग्मी ब्यापारीका रुपमा राम्रो पहिचान बनाएका युवा नेता हुन उनलाई टिकट दिए मेयरमा जित्न सक्ने सम्भावना रहेको पार्टीका नेताहरुको भनाइ छ । 

अर्को आकाक्षी टंक धामी पार्टीको प्रत्यक्ष राजनीति भन्दा व्यापारिक रुपमा पार्टी लाई साथ दिदै आएका नेता हुन उनले पार्टीलाई गरेको सहयोगका आधारमा टिकट माग्नु कुनै नौलो कुरा भने होइन ।

बैशाख ३० गते हुने निर्वाचनका लागि पैसा वाला भन्दा नागरिक मैत्री र पार्टीको सिद्धान्त, बिचारलाई आत्मसाथ गरि अगाडि बढ्न सक्ने क्षमतावान व्यक्तिलाई टिकट दिन पार्टी भित्रै दवाव सुरु भएको एक जना नेताले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार