मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुंगो लगायो

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
३० फाल्गुन २०८२, शनिबार

काठमाडौं । नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुंगो लगाउदै निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाउनुका साथै विभिन्न शोक प्रस्तावसमेत पारित गरेको छ ।

पार्टी उपमहासचिव लेखराज भट्टले बैठकका निर्णय सार्वजनिक गर्दै क्लस्टरका आधारमा १६ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय भएको जानकारी दिए ।

बैठकले आदिवासी जनजातितर्फ भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापामगर र कुलभक्त शाक्यको नाम तय गरेको छ । खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, गुरुप्रसाद बराल, पुष्पराज कँडेल र यशोदाकुमारी बराल (पिछडिएको क्षेत्र र अपाङ्गता समेत) सिफारिस भएका छन ।

यसैगरी थारुतर्फ कृपाराम राणा तथा दलिततर्फ विष्णुमाया विक र नीता घतानी छन् । मधेसीतर्फ रिङ्गला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल एवं मुस्लिमतर्फ साजिदा सिद्धिकी रहेको उपमहासचिव भट्टले बताए ।

उपमहासचिव भट्टका अनुसार बैठकले पार्टी अध्यक्ष ओलीका ९७ वर्षीय पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले अध्यक्ष ओली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

त्यसैगरी, फागुन २८ गते पार्टीको समीक्षा बैठककै क्रममा हृदयघात भई निधन भएका केन्द्रीय सदस्य तथा कास्की संयोजक कृष्ण थापा र पार्टी प्रचारकै सिलसिलामा ज्यान गुमाउनुभएका जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष खगेन्द्र राईको निधनप्रति पनि बैठकले शोक एवं श्रद्धाञ्जली व्यक्त गरेको छ । बैठकको सुरुमा दिवंगत नेताहरूको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार