मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

लुम्बिनी प्रदेश प्रहरी प्रमुख जोशीद्वारा जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षण

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
१० कार्तिक २०८०, शुक्रबार

बाँके । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक उमेशराज जोशीले जिल्ला प्रहरी कार्यालय बाँकेको आज शुक्रबार निरीक्षण गर्नु भएको छ । सोक्रममा शाखाहरुको निरीक्षण सहित कार्यरत प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन समेत दिनुभयो ।

प्रदेश प्रहरी प्रमुख जोशीले कानुनको परिधि भित्र रहदै प्रहरी आचरण र ब्यवहारमा सुधार सहित व्यक्तिगत लाभ भन्दा संगठनको हित र बिकासलाई प्राथमिकतामा राखेर काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिनुभयो ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी कर्मचारीहरु अनुशासनमा रही जिम्मेवारीका साथ कार्य सम्पादन गरेमा अपराध अनुसन्धान, सुरक्षा लगायतका प्रहरी कार्यमा सफलता मिल्ने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवास बोहराले जिल्लाको सम्पूर्ण प्रहरी परिचालन, प्रहरी गतिविधि र शान्ति सुरक्षाका विषयमा जानकारी गराउनु भएको थियो । सोही अवसरमा प्रहरी नायव उपरीक्षक नारायण डाँगी लगायतले प्रदेश प्रहरी प्रमुख जोशीलाई स्वागत गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार