मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

भाटनपुरवा र बाबु गाउँमा भ्याक्सिन सर्वेक्षण सम्पन्न

महमूद आलम खान 1133+ समाचार ( )
२ मंगशिर २०७८, बिहीबार

 बन्दना सोनी

बाँके।नेपालगंज उपमहानगरपालिका वडा नम्बर १४ भाटनपुरवा र बावु गाउँमा समाजिक विकास मञ्चद्वारा आयोजित सेभ द चिल्ड्रेन र एस.डी.एफ को साझेदारीमा जोखिम सञ्चार तथा समुदाय संलग्नता परियोजना अन्तर्गतका दुईदिने घरदैलो कार्यक्रम बिहीबार सम्पन्न भएको छ।

समाजिक विकास मञ्चको परियोजनाकी संयोजक शिवानी भट्टराईका अनुसार ` विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ बाट विश्वको धेरै मानिसहरुले ज्यान गुमाएकोले अगामी दिनमा कोरोनाबाट सुरक्षित रहन सबैमा कोभिड-१९ विरुद्ध खोप लगाउन जरुरी रहे पनि नेपाल सरकारले उपलब्ध गराएको भ्याक्सिन केही हद सम्म नागरिकहरुले लगाएको छन् भने अशिक्षित वर्गका व्यक्तिहरुले भ्याक्सिनको महत्त्व नबुझि नकारात्मक भ्रमका का कारण भ्याक्सिन बाट बञ्चित रहेका छन्।

जोखिम सञ्चार तथा समुदाय संलग्नता परियोजनाको उद्देश्य अनुसार नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका प्रत्येक वडामा जनप्रतिनिधि र स्वास्थ्यकर्मि सँग कोभिड-१९ विरुधको खोप नागरिकले लगाएको तथ्यांक बारे सोधपुछ गरी कम व्यक्तिले भ्याक्सिन लगाएको वडालाई प्राथमिकता दिई त्यस वडाको सर्वेक्षण गर्ने योजना बनाएको परियोजना संयोजक शिवानी भट्टराईले बताउनु भयो ।

जोखिम सञ्चार तथा समुदाय संलग्नता परियोजना को उद्देश अनुसार एस.डि.एफ का सिनियर फिल्ड अफिसर सहजराम यादवले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष र स्वास्थ्यकर्मी सँग बैठक बसी भाटनपूरवा र बाबू गाउँमा कम खोप लगाएको जानकारी पाएपछी बुधबार र बिहीबार सो टोलमा सर्वेक्षण गर्ने निर्णय गरिएको थियो।

सर्वेक्षणको पहिलो दिन घरदैलो गर्दा ५२ घरधूरी तथ्यांक संकलन गरिएको र दोस्रो दिन बिहीबार ११०घरधुरीमा तथ्यांक संकलन गरिएको छ । जोखिम सञ्चार तथा समुदाय संलग्नता परियोजनाले घरको सबै सदस्यले भ्याक्सिन लगाएको भनी चिनिन सजिलो हुनका लागि घरको भित्ता हरियो कार्ड टाँस्ने ,घरको केही सद्स्य तथा खोपको एक मात्र डोज लगाएको मा पहेँलो कार्ड र घरको कुनै पनि सदस्यले भ्याक्सिन न लगाएकोमा रातो कार्ड टाँस्ने लगाएको छ जस अनुसार वडा नं १४ भाटनपुरवा र बावु गाउँको भ्याक्सिन तथ्यांक अनुसार रातो कार्ड मा पर्ने घरधुरी संख्या २८,पहेँलो मा पर्ने घरधुरी संख्या ११६ र हरियो कार्डमा पर्ने घरधुरी संख्या २० एस.डी.एफ सिनियर फिल्ड अफिसर सहजराम यादवले युथटुडे न्युजलाई जानकारी दिनु भयो ।

सर्वेक्षण गर्ने क्रममा रातो कार्ड प्राप्त गर्ने परिवार मा अझैँ पनि भ्याक्सिन लगाए पश्चात् ,बिरामी हुने,मृत्यु हुने,महिलामा बाँझोपन हुने जस्तो भ्रम रहेकोले भ्याक्सिनबाट बञ्जित रहेको र भ्याक्सिनको पहिलो मात्रा मात्रै लगाएको नागरिकले नेपाल सरकारले उपयुक्त मात्रामा खोप उपलब्ध गराउन नसकेकोले समयमा पूर्ण ख‍ोप लगाउनबाट बञ्चित रहेको गुनासो गरेको एस.डी.एफका सिनियर अफिसर सहजराम यादवले जानकारी दिनु भयो ।

जोखिम सञ्चार तथा समुदाय संलग्नता परियोजना कार्यक्रमलाई सफल पार्नका निम्ति जिल्ला युवा क्लबका नगर अध्यक्ष अंकित मिश्रा, जिल्ला बालक्लव अध्यक्ष मेनुका रावत, वडा स्तरीय किशोरी सञ्जाल अध्यक्ष नेलिशा गिरी , वडास्तरीय युवा कलव को उपाध्यक्ष अञ्जना चतुर्वेदी,लोकल मोटिभेटर बन्दना स‍ोनी,युवा क्लब सदस्य मिनषा ठाकुर र स्वयंसेविका हरूको उपस्थिति समेत रहेको यादवले बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार