मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न माओवादी क्रियाशील छ - प्रचण्ड

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
१० माघ २०८१, बिहीबार

बाँके । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न माओवादी क्रियाशील रहेको बताउनुभयो ।

बॉकेको खजुरा २ स्थित जनता नमुना उच्च माध्यमिक विद्यालयको प्रांगणमा निर्माण गरिएको सहिद बाटिकाको बिहीबार उद्घाटन गर्दै सो बताउनुभयो। 

हजारौंको बलिदानबाट प्राप्त भएका उपलब्धिलाई समाप्त गर्ने षडयन्त्र फेरि हुन थालेको जनाउँदै अध्यक्ष प्रचण्डले त्यसको रक्षाका लागि जनता फेरि जागरुक हुनुपर्ने बेला आएको बताउनुभयो।

माओवादीको नेतृत्वमा गठन भएको सरकारले चलाएको भ्रष्टाचार विरुद्धको अभियानबाट डराएर अप्राकृतिक गठबन्धन बनेको अध्यक्ष प्रचण्डले बताउनुभयो।

सहिद बाटिकामा निर्माण गरिएका जनयुद्धका सहिह डम्बर रानाभाट, प्रतिमा गौतम र बिपिन अधिकारीको सालिकको अनावरण गर्दै प्रचण्डले माल्यार्पण समेत गर्नुभयो। सो अवसरमा उहाँले सहिद परिवारसँग भेट गरेर उनीहरूको अवस्था बारे जानकारी पनि लिनुभयो।

यसअघि अध्यक्ष प्रचण्डले बाँकेको खजुरा ३ धवलागिरी गाउँमा सहिद डम्बर रानाभाटको घरमा पुगेर यस क्षेत्रका सहिद परिवारसँग भेट गर्दै दिउँसोको खाना पनि सहिद परिवारसँगै खानुभएको थियो । 

सो क्रममा उहाँले सहिद कहिल्यै नमर्ने उल्लेख गर्दै सहिद परिवारको दुःख पीडाको साथी पार्टी भएको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार